प्रचण्डलाई ओलीको प्रस्तावः दुई अध्यक्षको व्यवस्था हटाइदिउँ, म सरकार चलाउँछु, तपाईँ पार्टीको नेतृत्व गर्नुस्
काठमाडाैँ । आज शनिबार सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नयाँ प्रस्ताव राखेका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्दै पार्टीमा सहमतीका लागि पहल गर्न आग्रह गरेको प्रचण्ड निकट पूर्वमन्त्री तथा स्थायी समितिका एक सदस्यले बताए।
‘म पाँच वर्ष प्रधानमन्त्री चलाउँछु, तपाईं पाँच वर्ष नै पार्टीको नेतृत्व गर्नुहोस्, बरु दुई जना अध्यक्षको व्यवस्था पनि हटाइदिउँ’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै स्थायी समितिका ती सदस्यले भने।
ओलीसँग भेटेपछि प्रचण्ड सिधै वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूसँग भेट्न गएका थिए। जहाँ उनले ओली र आफुबीच भएका सारा कुराकानी सुनाएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओली र उनको समूहका नेताहरूबाट जे जस्ता प्रस्ताव आएपनि आपसमा खुलस्त सुनाउने र छलफल गर्ने गर्दै आएका छन्। बिहीबार माधव नेपालले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा भएका कुराकानी यसरी नै आफ्नो समूहमा सुनाएका थिए।
‘यी सबै विषयको छलफल स्थायी समितिमा लगेर गरौं, बरु तपाईँले गरेको यो प्रस्ताव पनि स्थायी समिति बैठकको एजेण्डामा राखौं’, शुक्रबारको भेटमा प्रचण्डले ओलीलाई दिएको जवाफ उधृत गर्दै ती नेताले थपे।
उनका अनुसार स्थायी समिति बैठक राखौं भन्ने प्रस्तावमा प्रधानमन्त्री ओलीले उतिसारो चासो नदिएको प्रचण्डले बताएका छन्।
‘स्थायी समितिमा नजान प्रधानमन्त्रीले बढी नै जोड गर्नुभएको छ’, उनले भने।
दलविभाजन र संबैधानिक परिषद् सम्बन्धि दुईवटा विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। पार्टीबाट तीव्र दबाब भएपछि सरकारले अध्यादेश फिर्ता लिएको छ तर, त्यसले पारेको असरबारे छलफल गर्न नेकपाका नेताहरुले स्थायी समितिको माग गरेर लिखित रुपमा दुबै अध्यक्षलाई बुझाएको दुई हप्ता भइसकेको छ।
शुक्रबार पनि प्रधानमन्त्री ओलीसँग प्रचण्डले स्थायी समितिको बैठक राख्न तीव्र दबाब आएको स्मरण गराउँदै पार्टीमा देखिएका गतिरोधको समाधान त्यहीँबाट खोज्न सुझाव दिएका थिए।
‘तर प्रधानमन्त्री तत्काल स्थायी समिति बैठकमा जाने मनस्थितिमा हुनुहुन्न, उहाँले सिधै बैठकमा नजाने भन्नुभयो’, ती नेताले प्रचण्डलाई थप उधृत गर्दै भने।
नेकपाको सचिवालय बैठक शनिबार साँझ साढे ५ बजे बालुवाटारमा बस्दैछ, जहाँ प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामाको माग यथावत राख्दै स्थायी समिति बैठकको मिति तय गर्न दबाब बढाउने योजना बनाएका छन्।
प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच तीब्र ध्रुवीकरण भइरहेका बेला आजको बैठक निर्णायक हुने ठानिएको छ।
बुधबारको बैठकमा ओलीले कोरोना संक्रमणबाट मुक्त भएपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री तथा माधवकुमार नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। गौतम प्रधानमन्त्री बन्ने प्रस्तावबाट उत्साहित देखिएका छन् भने नेपालले तेस्रो अध्यक्ष नबन्ने जवाफ दिइसकेका छन्।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै स्थायी समिति बैठक आयोजना गर्न जोड दिइरहेका छन् भने ओलीले आफ्नो पद जोगाउन सहमतीका विभिन्न विकल्पहरू अगाडि सारेका छन्।
त्यही क्रममा शुक्रबार ओलीले प्रचण्डसँग पाँच पाँच वर्ष सरकार र पार्टीको नेतृत्व गर्ने प्रस्ताव गरेका हुन्। प्रचण्ड–नेपाल समूह यो प्रस्तावमा आफ्नो धारणा बनाउने क्रममा रहेको पाइएको छ। संभवतः उनीहरू यसबारे एउटा प्रष्ट धारणासहित आजको बैठकमा बस्नेछन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












