प्रचण्डलाई ओलीको प्रस्तावः दुई अध्यक्षको व्यवस्था हटाइदिउँ, म सरकार चलाउँछु, तपाईँ पार्टीको नेतृत्व गर्नुस्
काठमाडाैँ । आज शनिबार सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष नयाँ प्रस्ताव राखेका छन्।
शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्दै पार्टीमा सहमतीका लागि पहल गर्न आग्रह गरेको प्रचण्ड निकट पूर्वमन्त्री तथा स्थायी समितिका एक सदस्यले बताए।
‘म पाँच वर्ष प्रधानमन्त्री चलाउँछु, तपाईं पाँच वर्ष नै पार्टीको नेतृत्व गर्नुहोस्, बरु दुई जना अध्यक्षको व्यवस्था पनि हटाइदिउँ’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै स्थायी समितिका ती सदस्यले भने।
ओलीसँग भेटेपछि प्रचण्ड सिधै वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूसँग भेट्न गएका थिए। जहाँ उनले ओली र आफुबीच भएका सारा कुराकानी सुनाएका थिए।
प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री ओली र उनको समूहका नेताहरूबाट जे जस्ता प्रस्ताव आएपनि आपसमा खुलस्त सुनाउने र छलफल गर्ने गर्दै आएका छन्। बिहीबार माधव नेपालले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा भएका कुराकानी यसरी नै आफ्नो समूहमा सुनाएका थिए।
‘यी सबै विषयको छलफल स्थायी समितिमा लगेर गरौं, बरु तपाईँले गरेको यो प्रस्ताव पनि स्थायी समिति बैठकको एजेण्डामा राखौं’, शुक्रबारको भेटमा प्रचण्डले ओलीलाई दिएको जवाफ उधृत गर्दै ती नेताले थपे।
उनका अनुसार स्थायी समिति बैठक राखौं भन्ने प्रस्तावमा प्रधानमन्त्री ओलीले उतिसारो चासो नदिएको प्रचण्डले बताएका छन्।
‘स्थायी समितिमा नजान प्रधानमन्त्रीले बढी नै जोड गर्नुभएको छ’, उनले भने।
दलविभाजन र संबैधानिक परिषद् सम्बन्धि दुईवटा विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। पार्टीबाट तीव्र दबाब भएपछि सरकारले अध्यादेश फिर्ता लिएको छ तर, त्यसले पारेको असरबारे छलफल गर्न नेकपाका नेताहरुले स्थायी समितिको माग गरेर लिखित रुपमा दुबै अध्यक्षलाई बुझाएको दुई हप्ता भइसकेको छ।
शुक्रबार पनि प्रधानमन्त्री ओलीसँग प्रचण्डले स्थायी समितिको बैठक राख्न तीव्र दबाब आएको स्मरण गराउँदै पार्टीमा देखिएका गतिरोधको समाधान त्यहीँबाट खोज्न सुझाव दिएका थिए।
‘तर प्रधानमन्त्री तत्काल स्थायी समिति बैठकमा जाने मनस्थितिमा हुनुहुन्न, उहाँले सिधै बैठकमा नजाने भन्नुभयो’, ती नेताले प्रचण्डलाई थप उधृत गर्दै भने।
नेकपाको सचिवालय बैठक शनिबार साँझ साढे ५ बजे बालुवाटारमा बस्दैछ, जहाँ प्रचण्ड–नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामाको माग यथावत राख्दै स्थायी समिति बैठकको मिति तय गर्न दबाब बढाउने योजना बनाएका छन्।
प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच तीब्र ध्रुवीकरण भइरहेका बेला आजको बैठक निर्णायक हुने ठानिएको छ।
बुधबारको बैठकमा ओलीले कोरोना संक्रमणबाट मुक्त भएपछि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री तथा माधवकुमार नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। गौतम प्रधानमन्त्री बन्ने प्रस्तावबाट उत्साहित देखिएका छन् भने नेपालले तेस्रो अध्यक्ष नबन्ने जवाफ दिइसकेका छन्।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै स्थायी समिति बैठक आयोजना गर्न जोड दिइरहेका छन् भने ओलीले आफ्नो पद जोगाउन सहमतीका विभिन्न विकल्पहरू अगाडि सारेका छन्।
त्यही क्रममा शुक्रबार ओलीले प्रचण्डसँग पाँच पाँच वर्ष सरकार र पार्टीको नेतृत्व गर्ने प्रस्ताव गरेका हुन्। प्रचण्ड–नेपाल समूह यो प्रस्तावमा आफ्नो धारणा बनाउने क्रममा रहेको पाइएको छ। संभवतः उनीहरू यसबारे एउटा प्रष्ट धारणासहित आजको बैठकमा बस्नेछन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












