नेकपा सचिवालय बैठक सुरु, स्थायी कमिटी बैठकका लागी एजेण्डा तय गर्ने
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहीबारबाट सुरु हुने स्थायी समिति बैठकका लागि सचिवालय बैठकले एजेण्डा तय गर्नेछ।
सचिवालयले स्थायी समितिमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संयुक्त रुपमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेछ।
स्थायी समिति बैठक संक्षिप्त राख्ने कि सरकार र पार्टीले गरेकाे कामको समिक्षाबारे पनि खुलस्त छलफल गराउनेगरी प्रतिवेदन लैजाने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच मतैक्यता छैन।
सचिवालयको छलफलपछि मात्र प्रतिवेदन र एजेण्डाहरुको छिनोफानो हुनेछ।
प्रतिवेदन तयारी गरिरहेका अध्यक्ष प्रचण्डले आजै बिहान प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेका थिए। प्रचण्डले वरिष्ठ नेता नेपाल र वामदेव गौतमसँगसमेत आफ्नै निवासमा छलफल गरेका थिए।
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् ।
प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् ।
तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ ।
यस अघि शनिवार बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको संकटलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको थियो ।
यसै गरी बैठकले पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने तथा पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय लिएको थियो ।
पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धि वा सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा अघि बढ्ने निर्णय पनि शनिवारको सचिवालयको निर्णयमा थियो ।
बैठकले पार्टी उपाध्यक्ष क। वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय पनि लिएको थियो ।
शनिवारको सचिवालय बैठकमा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरूमा भएका कमी–कमजोरीप्रति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आत्मालोचना गरेका थिए ।
यिनै निर्णयको सेरोफेरोमा रहेर स्थायी कमिटी बैठकका एजेन्डा तयार पर्ने नेताहरुको तयारी छ । यद्यपी दुवैपक्ष एकले अर्कोमाथि दवाव बनाउने रणनीतिमा पनि जुटेका छन् ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











