नेकपा सचिवालय बैठक सुरु, स्थायी कमिटी बैठकका लागी एजेण्डा तय गर्ने
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहीबारबाट सुरु हुने स्थायी समिति बैठकका लागि सचिवालय बैठकले एजेण्डा तय गर्नेछ।
सचिवालयले स्थायी समितिमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संयुक्त रुपमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिनेछ।
स्थायी समिति बैठक संक्षिप्त राख्ने कि सरकार र पार्टीले गरेकाे कामको समिक्षाबारे पनि खुलस्त छलफल गराउनेगरी प्रतिवेदन लैजाने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच मतैक्यता छैन।
सचिवालयको छलफलपछि मात्र प्रतिवेदन र एजेण्डाहरुको छिनोफानो हुनेछ।
प्रतिवेदन तयारी गरिरहेका अध्यक्ष प्रचण्डले आजै बिहान प्रधानमन्त्री केपी ओलीसँग परामर्श गरेका थिए। प्रचण्डले वरिष्ठ नेता नेपाल र वामदेव गौतमसँगसमेत आफ्नै निवासमा छलफल गरेका थिए।
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् ।
प्रधानमन्त्री केपी ओली बैठकलाई कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी संक्षिप्त बनाउने पक्षमा छन् ।
तर, प्रचण्ड–नेपाल समूह पार्टी र सरकारको कामको विस्तृत समीक्षासँगै अध्यादेश प्रकरण र एक व्यक्ति : एक मुख्य जिम्मेवारीलगायत विषयसमेत उठाउने योजनामा छ ।
यस अघि शनिवार बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको संकटलाई समाधान गर्ने गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको थियो ।
यसै गरी बैठकले पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने तथा पार्टी एकतालाई कमजोर पार्ने, पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय लिएको थियो ।
पार्टीलाई एकताबद्ध राख्ने, पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने, सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख समृद्धि वा सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा अघि बढ्ने निर्णय पनि शनिवारको सचिवालयको निर्णयमा थियो ।
बैठकले पार्टी उपाध्यक्ष क। वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय पनि लिएको थियो ।
शनिवारको सचिवालय बैठकमा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरूमा भएका कमी–कमजोरीप्रति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आत्मालोचना गरेका थिए ।
यिनै निर्णयको सेरोफेरोमा रहेर स्थायी कमिटी बैठकका एजेन्डा तयार पर्ने नेताहरुको तयारी छ । यद्यपी दुवैपक्ष एकले अर्कोमाथि दवाव बनाउने रणनीतिमा पनि जुटेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












