प्रधानमन्त्रीको लिखित निर्देशन,संसद्मा एक भएर प्रस्तुत हुनू !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एक भएर प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
कोरोना सङ्क्रमणको भयका कारण संसदीय दलको बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले सबै सांसदहरूलाई लिखित निर्देशन दिएका छन् ।
संसदका दुवै सदनका बैठकहरू छोटा, छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकताहरूलाई माननीयज्यूले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट, छलफल, औचित्य, आवश्यकता र सम्भावना हेरी आयोजना गरिने नै छ,” संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले निर्देशनमा भनेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा संसदीय दलको बैठक नबोलाउने समझदारी भएको थियो
“संसदीय दलको बैठक बस्न सम्भव भएन । बैठक बसाउने बारेमा कुराकानी भएको पनि हो । आज बिहान दुई अध्यक्षहरू, महासचिव विष्णु पौडेल, म, राष्ट्रियसभा संसदीय दलका नेता नेता दिनानाथ शर्मा, मुख्य सचेतक खिमलाल भट्टराई, तल्लो सदनका सचेतक देव गुरुङ, शान्ता चौधरी समेत बालुवाटारमा साढे ९ बजे बैठक बसेका थियौं,” भेटमा रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका थिए ।
तल्लो र माथिल्लो सदन गरी नेकपाका २ सय २० सांसद रहेको बताउँदै भौतिक, सामाजिक दुरी कायम गरेर बैठक बसाउन मिल्ने हल नै नभएको बस्न सम्भव नभएको नेम्वाङको तर्क थियो । “त्यहाँ बैठक बस्ने हल ल्होत्से हो । त्यहाँ चारपटक बसाउनुपर्छ ” उनले असुविधा जनाउँदै भने
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












