प्रधानमन्त्रीको लिखित निर्देशन,संसद्मा एक भएर प्रस्तुत हुनू !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एक भएर प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
कोरोना सङ्क्रमणको भयका कारण संसदीय दलको बैठक बस्न नसकेपछि प्रधानमन्त्री ओलीले सबै सांसदहरूलाई लिखित निर्देशन दिएका छन् ।
संसदका दुवै सदनका बैठकहरू छोटा, छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकताहरूलाई माननीयज्यूले बुझ्नु नै भएको छ । अन्य साना भेटघाट, छलफल, औचित्य, आवश्यकता र सम्भावना हेरी आयोजना गरिने नै छ,” संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले निर्देशनमा भनेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा संसदीय दलको बैठक नबोलाउने समझदारी भएको थियो
“संसदीय दलको बैठक बस्न सम्भव भएन । बैठक बसाउने बारेमा कुराकानी भएको पनि हो । आज बिहान दुई अध्यक्षहरू, महासचिव विष्णु पौडेल, म, राष्ट्रियसभा संसदीय दलका नेता नेता दिनानाथ शर्मा, मुख्य सचेतक खिमलाल भट्टराई, तल्लो सदनका सचेतक देव गुरुङ, शान्ता चौधरी समेत बालुवाटारमा साढे ९ बजे बैठक बसेका थियौं,” भेटमा रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका थिए ।
तल्लो र माथिल्लो सदन गरी नेकपाका २ सय २० सांसद रहेको बताउँदै भौतिक, सामाजिक दुरी कायम गरेर बैठक बसाउन मिल्ने हल नै नभएको बस्न सम्भव नभएको नेम्वाङको तर्क थियो । “त्यहाँ बैठक बस्ने हल ल्होत्से हो । त्यहाँ चारपटक बसाउनुपर्छ ” उनले असुविधा जनाउँदै भने
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












