स्वाब संकलन गर्न हेलिकप्टरबाट स्वास्थ्यकर्मी डोल्पामा
काठमाडाैँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पामा स्वास्थ्यकर्मी पठाइएको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूपमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीले डोल्पाका स्वास्थ्यकर्मी अन्यौलमा परेकोले सुर्खेतबाट थप स्वास्थ्यकर्मी बोलाउनु परेको बताए।
‘क्वारेन्टाइनमा रहेका एक जनाको आरडिटी गर्दा पहिले पोजेटिभ देखियो। राति पुनः आरडिटी गर्दा नेगेटिभ देखियो। अन्तिम जाँच गर्न सुर्खेतबाट स्वास्थ्यकर्मी बोलाइएको छ,’ उनले भने।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले गाउँपालिकाले नै खरिद गरेको किटबाट परीक्षण गर्दा स्वास्थ्यकर्मी अन्यौलमा परेको बताइन्।
‘गाउँपालिकाले खरिद गरेको किटबाट टेस्ट गर्नुभएको रहेछ। त्यसक्रममा देखिएको रिजल्टमा स्वास्थ्यकर्मी नै अन्यौलमा पर्नुभयो,’ उनले भनिन्।
दुनैबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा ती पुरूपमा आरडिटी नेगेटिभ देखिएको थियो।
हेलिकप्टरमा गएका स्वास्थ्यकर्मीले ६२ वर्षीय पुरूषसहित पाँच जनाको स्वाब संकलन गरी सुर्खेत ल्याउने र पिसिआर परीक्षण गरिने उनले जानकारी दिइन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












