लिपुलेकमा भारतीय अतिक्रमण रोक्न सत्तारुढ सांसदले दर्ता गरे संकल्प प्रस्ताव
काठमाडौं । भारतले लामो समयदेखि अतिक्रण गरिरहेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउँदा आइतवार संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन्। संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहेका छन्।
उनीहरुले दर्ता गराएको संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ। ‘कुनै पनि देशको सीमा निर्धारण गर्ने प्रमाणिक र वैज्ञानिक आधारहरु छन्। जसमध्ये अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरु हुन्’, संकल्प प्रस्तावमा भनिएको छ, ‘त्यसका साथै नदीको उद्गमस्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलो पनि हुन्।’
उक्त तथ्यहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको पुष्टि गरेको उनीहरुले दाबी गेका छन्। संकल्प प्रस्ताव दर्ता गराएपछि सांसद रामकुमारी झाँक्रीले अब सरकारले हिम्मतका साथ आफ्नो भूमि फिर्ताका लागि पहल थाल्नुपर्नेमा जोड दिएकी छन्। ‘माथि उल्लेखित सबै आधारहले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएकाले त्यस पूर्वको करिब ४०० किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको छ’, उनीहरुले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि यो संकल्प प्रस्ताव पेश गर्दछौं।
’ यसअघि आइतवारै बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले सडकमार्ग बनाएकोमा सांसदहरुले चर्को आलोचना गरेका थिए। आजको बैठकमा जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीनै भूभाग नेपालको भएको बताउँदै फिर्ताका लागि कूटनीतिक पहल भइसकेको बताएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












