लिपुलेकमा भारतीय अतिक्रमण रोक्न सत्तारुढ सांसदले दर्ता गरे संकल्प प्रस्ताव
काठमाडौं । भारतले लामो समयदेखि अतिक्रण गरिरहेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउँदा आइतवार संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन्। संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी रहेका छन्।
उनीहरुले दर्ता गराएको संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ। ‘कुनै पनि देशको सीमा निर्धारण गर्ने प्रमाणिक र वैज्ञानिक आधारहरु छन्। जसमध्ये अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरु हुन्’, संकल्प प्रस्तावमा भनिएको छ, ‘त्यसका साथै नदीको उद्गमस्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलो पनि हुन्।’
उक्त तथ्यहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको पुष्टि गरेको उनीहरुले दाबी गेका छन्। संकल्प प्रस्ताव दर्ता गराएपछि सांसद रामकुमारी झाँक्रीले अब सरकारले हिम्मतका साथ आफ्नो भूमि फिर्ताका लागि पहल थाल्नुपर्नेमा जोड दिएकी छन्। ‘माथि उल्लेखित सबै आधारहले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएकाले त्यस पूर्वको करिब ४०० किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको छ’, उनीहरुले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि यो संकल्प प्रस्ताव पेश गर्दछौं।
’ यसअघि आइतवारै बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले सडकमार्ग बनाएकोमा सांसदहरुले चर्को आलोचना गरेका थिए। आजको बैठकमा जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तीनै भूभाग नेपालको भएको बताउँदै फिर्ताका लागि कूटनीतिक पहल भइसकेको बताएका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












