संसदकाे शून्य समय : मिचिएको भुमी फिर्ता ल्याउन दबाब
सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नेपालको भूमि मिच्ने भारतको व्यवहार सच्चाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
शून्य समयमा एक मिनेट समय लिएर बोलेका नेकपा, नेपाली कांग्रेस र स्वतन्त्र सांसदहरुले यसमा एकमत भएर पहल थाल्न आग्रह गरेका हुन्। कांग्रेस सांसद पार्वती डिसी चौधरीले अब कूटनीतिक पहलसागै अन्तर्राष्ट्रियकरण गर्न पछाडी हट्न नहुने बताइन्।
यसैगरी, नेकपाका सांसदहरु देवेन्द्रराज पौडेल, नवराज सिलवाल, पदम गिरीलगायतले सरकारले अब ठोस पहल गर्न आग्रह गरे। कालापानी र लिपुलेक नेपाली भूभाग हो भन्ने जान्दाजान्दै भारतले गरेको कार्य राम्राे नभएकाे सांसदहरुले बताए।
सांसद पार्वती विशुंखेले छिमेकी बदल्न नसकिने तर यसलाई सच्चाउन सकिन्छ भन्दै थप कूटनीतिक पहल गर्न आग्रह गरिन्। सांसद यशोदा सुवेदीले भनिन्, ‘सरकारले यसमा चीनसहितको त्रिदेशी सहमतीबाट भूमि कायम गरियोस्। सबै भूभाग समेटेर नक्सा सार्वजनिक होस्।’
नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले भारतले सडक बनाएकोप्रति विरोध जनाए। ‘भारतले नक्सा जारी गर्दा यो सदनमा गम्भीर ध्यानाकर्षण भएको थियो। सबै राजनीतिक दलका बीचमा नक्सा नेपालले जारी गर्ने सहमति भएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले नक्सा हैन जमिन नै ल्याउने भन्नु भएको थियो। तर खै त जमिन फिर्ता भएको उसले त बाटो नै बनाएको छ।’
यसैबीच सांसदहरुले भारतले नेपाली भूमिमा सडक बनाएकाे विषयमा विराेध जनाएपछि सभामुख अग्निप्रसाद सापकाेटाले यसविषयमा सरकारकाे ध्यानाकर्षण गरेका छन्। सांसदहरुले बाेलेपछि सभामुखले नेपाली भूमिमा भारतले सडक बनाएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराएका हुन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












