संसदकाे शून्य समय : मिचिएको भुमी फिर्ता ल्याउन दबाब
सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नेपालको भूमि मिच्ने भारतको व्यवहार सच्चाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
शून्य समयमा एक मिनेट समय लिएर बोलेका नेकपा, नेपाली कांग्रेस र स्वतन्त्र सांसदहरुले यसमा एकमत भएर पहल थाल्न आग्रह गरेका हुन्। कांग्रेस सांसद पार्वती डिसी चौधरीले अब कूटनीतिक पहलसागै अन्तर्राष्ट्रियकरण गर्न पछाडी हट्न नहुने बताइन्।
यसैगरी, नेकपाका सांसदहरु देवेन्द्रराज पौडेल, नवराज सिलवाल, पदम गिरीलगायतले सरकारले अब ठोस पहल गर्न आग्रह गरे। कालापानी र लिपुलेक नेपाली भूभाग हो भन्ने जान्दाजान्दै भारतले गरेको कार्य राम्राे नभएकाे सांसदहरुले बताए।
सांसद पार्वती विशुंखेले छिमेकी बदल्न नसकिने तर यसलाई सच्चाउन सकिन्छ भन्दै थप कूटनीतिक पहल गर्न आग्रह गरिन्। सांसद यशोदा सुवेदीले भनिन्, ‘सरकारले यसमा चीनसहितको त्रिदेशी सहमतीबाट भूमि कायम गरियोस्। सबै भूभाग समेटेर नक्सा सार्वजनिक होस्।’
नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले भारतले सडक बनाएकोप्रति विरोध जनाए। ‘भारतले नक्सा जारी गर्दा यो सदनमा गम्भीर ध्यानाकर्षण भएको थियो। सबै राजनीतिक दलका बीचमा नक्सा नेपालले जारी गर्ने सहमति भएको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले नक्सा हैन जमिन नै ल्याउने भन्नु भएको थियो। तर खै त जमिन फिर्ता भएको उसले त बाटो नै बनाएको छ।’
यसैबीच सांसदहरुले भारतले नेपाली भूमिमा सडक बनाएकाे विषयमा विराेध जनाएपछि सभामुख अग्निप्रसाद सापकाेटाले यसविषयमा सरकारकाे ध्यानाकर्षण गरेका छन्। सांसदहरुले बाेलेपछि सभामुखले नेपाली भूमिमा भारतले सडक बनाएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराएका हुन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












