नेपाली भूमिमा भारतीय अतिक्रमण : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछिको अवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरु र सीमाविदलाई पनि डाकिएको छ।
भारतले अघिल्लो शुक्रबार लिपुलेकस्थित नेपाली भूमिको २२ किलोमिटर क्षेत्रमा अतिक्रमण गर्दै सडक बनाएपछि यसअघि नै नेपालले विरोध जनाइसकेको छ। यही विषयमा नेपालस्थित सबै दलबीच साझा धारणा बनाएर अघि बढ्न सर्वदलीय बैठक डाकिएको बजागाईंले जानकारी दिए। बुधबार नै सरकारले भारतीय सैन्य क्याम्प रहेको नेपाली भूमि कालापानीबाट १२ किलोमिटर दक्षिण-पूर्वस्थित छाङ्रुमा सशस्त्र प्रहरीको २५ जनाको टोली उतारिसकेको छ।
छाङ्रुमा अब सशस्त्र प्रहरीले स्थायी क्याम्प नै बनाएर बस्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले बुधबारै बस्न लागेको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिसकेका छन्। उनले सर्वदलीय बैठकको तयारीमा जुट्नु पर्ने भएकाले आफू उपस्थित हुन नसक्ने बताएपछि नेकपा स्थायी कमिटी रोकिएको छ।
आजको बैठकमा केही दिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइर संक्रमण र यसलाई नियन्त्रणमा अपनाइएका उपायबारे समीक्षा तथा भावी रणनीतिबारे पनि छलफल हुने भएको छ। नेपाली भूमिमा बनाइएको सडकबारेमा नेपालले यसअघि नै विरोध जनाइसकेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा गरिएको अतिक्रमण रोकेर फिर्ता जान भारतलाई भनिसकेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












