नेपाली भूमिमा भारतीय अतिक्रमण : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछिको अवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। बैठकमा पूर्वप्रधानमन्त्रीहरु र सीमाविदलाई पनि डाकिएको छ।
भारतले अघिल्लो शुक्रबार लिपुलेकस्थित नेपाली भूमिको २२ किलोमिटर क्षेत्रमा अतिक्रमण गर्दै सडक बनाएपछि यसअघि नै नेपालले विरोध जनाइसकेको छ। यही विषयमा नेपालस्थित सबै दलबीच साझा धारणा बनाएर अघि बढ्न सर्वदलीय बैठक डाकिएको बजागाईंले जानकारी दिए। बुधबार नै सरकारले भारतीय सैन्य क्याम्प रहेको नेपाली भूमि कालापानीबाट १२ किलोमिटर दक्षिण-पूर्वस्थित छाङ्रुमा सशस्त्र प्रहरीको २५ जनाको टोली उतारिसकेको छ।
छाङ्रुमा अब सशस्त्र प्रहरीले स्थायी क्याम्प नै बनाएर बस्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले बुधबारै बस्न लागेको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिसकेका छन्। उनले सर्वदलीय बैठकको तयारीमा जुट्नु पर्ने भएकाले आफू उपस्थित हुन नसक्ने बताएपछि नेकपा स्थायी कमिटी रोकिएको छ।
आजको बैठकमा केही दिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइर संक्रमण र यसलाई नियन्त्रणमा अपनाइएका उपायबारे समीक्षा तथा भावी रणनीतिबारे पनि छलफल हुने भएको छ। नेपाली भूमिमा बनाइएको सडकबारेमा नेपालले यसअघि नै विरोध जनाइसकेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा गरिएको अतिक्रमण रोकेर फिर्ता जान भारतलाई भनिसकेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












