लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि सुझाव दिन बसेको नेकपा सचिवालयको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिएको छ ।
“हामीले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं,” बैठकपछि सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले भने, “नेपालको भू–भागको रक्षा गर्नु सरकारको कर्तव्य हो । यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन ।”
भारतले गत नोभेम्बरमा आठौं राजनीतिक नक्सा प्रकाशित गर्दै नेपालका भूभाग पनि समेटेको थियो । त्यसमा नेपालले तुरुन्तै जवाफ फर्काउनुपर्ने आवाज उठेको छ । नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेक जोड्ने सडक खनेको विषयमा पनि सरकारले दृढ भएर प्रस्तुत हुनुपर्ने राजनीतिक तवरमै वार्ता गर्न सुझाव दिइएको खनालले बताए ।
त्यस्तै आजको बैठकले कोरोनाको सङ्क्रमण भयावह बन्दै गएकाले सरकारले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।
बैठकमा आजै संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो । कोरोना कारण शिथिल बनेको अर्थतन्त्र उकास्ने गरी कार्यक्रम प्रस्तुत गर्न सुझाव दिएको खनालले बताए ।
“कोरोनाले असर पारेका क्षेत्रलाई उकास्नेतिर नीति, कार्यक्रम केन्द्रित हुनुपर्छ, परम्परामुखी भन्दा पनि विशेष आर्थिक कार्यक्रमको जरुरी परेको छ । हामीले त्यही सुझाव दियौं,” उनले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












