बाध्यताको एकताले बाबुरामको नाममा टिपेक्स लगाइयो
काठमाडौं । सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि रातारात एकता घोषणा गरेका समाजवादी र राजपा उस्तै चटारोमा आइतबार निर्वाचन आयोग पुगे। कानुनी बाध्यताले नवगठित जनता समाजवादी पार्टी (जसपा) दल दर्ताका लागि आयोगमा पुगेको हो।
राजनीतिक दलसम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्छ । गत बैशाख १० गते मध्यरातमा एकता घोषणा गरेको जसपालाई हिजोसम्मको समय थियो। तर हिजो शनिबार परेकाले जसपाले आज निवेदन दिन पाएको हो।
एकतामा जसरी चटारो देखियो, निर्वाचन आयोगमा पुग्दा पनि जसपाका नेताहरु उस्तै चटारोमा देखिए। एकीकरण घोषणाको डेढ महिनासम्म पदीय भागबण्डा मिलाउन नसकेका यी दुई दलका नेताहरुले अन्तिम समयमा पनि पूर्ण सहमति जुटाउन सकेनन्। निर्वाचन आयोगमा बुझाएको पदाधिकारीको नामावलीमा गरिएको केरमेटले पनि त्यसलाई पुष्टि गर्छ ।
निर्वाचन आयोग पुग्नुअघि दिनभर छलफल गरेका शीर्ष नेताहरुले सुरुमा तीन अध्यक्षसहितको पार्टी दर्ता गर्ने सहमति जुटाएका थिए। जसअनुसार महन्थ ठाकुरको नेतृत्वमा उपेन्द्र यादवसमेत केन्द्रीय कमिटी अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बनाउने समझदारी बनेको थियो । यस्तैगरी राजपा नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएर जाने तयारी थियो।
यसरी पछाडि धकेलिए भट्टराई
दिनभरको छलफलमा तीन अध्यक्ष राख्ने सहमति भएपनि अन्तिम समयमा राजपा पछि हट्यो। कारण थियो, बन्न लागेका तीन अध्यक्षमध्ये दुई अध्यक्ष सपाबाट। ‘समान हैसियतमा एकीकरणको सहमति भएको भन्दै राजपाले सपाबाट दुई अध्यक्ष नमान्ने बताएपछि संघीय परिषदको अध्यक्षमा राखिएका डा. भट्टराईको नाम काटेर वरिष्ठ नेतामा धकेलियो’, स्रोतले भन्यो, ‘निर्वाचन आयोगमा दर्ता गर्न लगिएको निवेदनमा भट्टराईको नाममाथि टिपेक्स लगाएर बुझाइयो।’
दल एकीकरणका लागि दिइएकाे कम्प्युटर प्रिन्ट निवेदनमा दाेस्राे नम्बरमा राखिएकाे भट्टराईकाे नाममा टिपेक्स लगाई चाैथाे नम्बरमा कलमले लेखेर बुझाइएकाे छ। त्यतिमात्रै होइन, संघीय परिषद् अध्यक्षको सूचीबाट हटाएर पनि वरिष्ठ नेताको सूचीमा तानिए पनि भट्टराईलाई वरीयताक्रममा पनि अशोक राईभन्दा पछाडि चौथो नम्बरमा राखिएको छ। ‘राईले राजनीतिमा आफू वरिष्ठ भन्दै भट्टराई भन्दा पछाडि बस्न नमानेपछि राईलाई तेस्रो र भट्टराईलाई चौथो वरीयतामा राखिएको हो’, स्रोतले भन्यो, ‘पूर्ण सहमति बन्नै भ्याएन।’
राजपाका एक नेतालेसमेत हतारमा निर्वाचन आयोग पुगेको स्वीकारेका छन् । ‘जसरी पनि आज हामीलाई दल दर्ताको निवेदन दिनैपर्ने समयको बाध्यता थियो, ती नेताले भने, ‘हतार-हतारमा निर्णय लिँदा नेताहरुको नाम तलमाथि परेको छ, एकदुई दिनमा बैठक बसेर सच्याउँछौं।’ उनका अनुसार भट्टराई संघीय परिषदको अध्यक्ष नै रहनेछन् भने राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइनेछ, यसमा कुनै असहमति छैन।’ तर नेतै-नेताले भरिएको नवगठित जसपाभित्रको पदीय भागबण्डा तत्काल मिल्ने संकेत नदेखिने स्रोत बताउँछ। डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डे बाहिर आएका हल्लामा सत्यता नभएको बताएका छन्।
उनले पदका लागि भन्दा राजनीतिक जग बसाउन यस्तो निर्णय लिनुपरेको बताएका छन्। ‘सबै कुरा सहमतिमा भएको छ। धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो’, पाण्डेले भनेका छन्, ‘ कोही साथीहरु पनि बाहिर चलेका हल्लाबाट भ्रमित हुन जरुरी छै । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












