बाध्यताको एकताले बाबुरामको नाममा टिपेक्स लगाइयो
काठमाडौं । सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि रातारात एकता घोषणा गरेका समाजवादी र राजपा उस्तै चटारोमा आइतबार निर्वाचन आयोग पुगे। कानुनी बाध्यताले नवगठित जनता समाजवादी पार्टी (जसपा) दल दर्ताका लागि आयोगमा पुगेको हो।
राजनीतिक दलसम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्छ । गत बैशाख १० गते मध्यरातमा एकता घोषणा गरेको जसपालाई हिजोसम्मको समय थियो। तर हिजो शनिबार परेकाले जसपाले आज निवेदन दिन पाएको हो।
एकतामा जसरी चटारो देखियो, निर्वाचन आयोगमा पुग्दा पनि जसपाका नेताहरु उस्तै चटारोमा देखिए। एकीकरण घोषणाको डेढ महिनासम्म पदीय भागबण्डा मिलाउन नसकेका यी दुई दलका नेताहरुले अन्तिम समयमा पनि पूर्ण सहमति जुटाउन सकेनन्। निर्वाचन आयोगमा बुझाएको पदाधिकारीको नामावलीमा गरिएको केरमेटले पनि त्यसलाई पुष्टि गर्छ ।
निर्वाचन आयोग पुग्नुअघि दिनभर छलफल गरेका शीर्ष नेताहरुले सुरुमा तीन अध्यक्षसहितको पार्टी दर्ता गर्ने सहमति जुटाएका थिए। जसअनुसार महन्थ ठाकुरको नेतृत्वमा उपेन्द्र यादवसमेत केन्द्रीय कमिटी अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बनाउने समझदारी बनेको थियो । यस्तैगरी राजपा नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएर जाने तयारी थियो।
यसरी पछाडि धकेलिए भट्टराई
दिनभरको छलफलमा तीन अध्यक्ष राख्ने सहमति भएपनि अन्तिम समयमा राजपा पछि हट्यो। कारण थियो, बन्न लागेका तीन अध्यक्षमध्ये दुई अध्यक्ष सपाबाट। ‘समान हैसियतमा एकीकरणको सहमति भएको भन्दै राजपाले सपाबाट दुई अध्यक्ष नमान्ने बताएपछि संघीय परिषदको अध्यक्षमा राखिएका डा. भट्टराईको नाम काटेर वरिष्ठ नेतामा धकेलियो’, स्रोतले भन्यो, ‘निर्वाचन आयोगमा दर्ता गर्न लगिएको निवेदनमा भट्टराईको नाममाथि टिपेक्स लगाएर बुझाइयो।’
दल एकीकरणका लागि दिइएकाे कम्प्युटर प्रिन्ट निवेदनमा दाेस्राे नम्बरमा राखिएकाे भट्टराईकाे नाममा टिपेक्स लगाई चाैथाे नम्बरमा कलमले लेखेर बुझाइएकाे छ। त्यतिमात्रै होइन, संघीय परिषद् अध्यक्षको सूचीबाट हटाएर पनि वरिष्ठ नेताको सूचीमा तानिए पनि भट्टराईलाई वरीयताक्रममा पनि अशोक राईभन्दा पछाडि चौथो नम्बरमा राखिएको छ। ‘राईले राजनीतिमा आफू वरिष्ठ भन्दै भट्टराई भन्दा पछाडि बस्न नमानेपछि राईलाई तेस्रो र भट्टराईलाई चौथो वरीयतामा राखिएको हो’, स्रोतले भन्यो, ‘पूर्ण सहमति बन्नै भ्याएन।’
राजपाका एक नेतालेसमेत हतारमा निर्वाचन आयोग पुगेको स्वीकारेका छन् । ‘जसरी पनि आज हामीलाई दल दर्ताको निवेदन दिनैपर्ने समयको बाध्यता थियो, ती नेताले भने, ‘हतार-हतारमा निर्णय लिँदा नेताहरुको नाम तलमाथि परेको छ, एकदुई दिनमा बैठक बसेर सच्याउँछौं।’ उनका अनुसार भट्टराई संघीय परिषदको अध्यक्ष नै रहनेछन् भने राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइनेछ, यसमा कुनै असहमति छैन।’ तर नेतै-नेताले भरिएको नवगठित जसपाभित्रको पदीय भागबण्डा तत्काल मिल्ने संकेत नदेखिने स्रोत बताउँछ। डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डे बाहिर आएका हल्लामा सत्यता नभएको बताएका छन्।
उनले पदका लागि भन्दा राजनीतिक जग बसाउन यस्तो निर्णय लिनुपरेको बताएका छन्। ‘सबै कुरा सहमतिमा भएको छ। धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो’, पाण्डेले भनेका छन्, ‘ कोही साथीहरु पनि बाहिर चलेका हल्लाबाट भ्रमित हुन जरुरी छै । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












