चिनियाँ नेतासँग प्रचण्डले भने- सुरक्षा स्वार्थ जोडिएका सहयोग लिदैनौँ
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताएका छन्।
सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने उनको भनाइ छ।
‘संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन’, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेपाल कम्युनिस्ट पार्टीको स्कुलिङ विभागले शुक्रबार आयोजना गरेको संयुक्त भर्चुअल कार्यशाला गोष्ठीलाई पार्टी कार्यालय धुम्बाराहीबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ। नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्र राष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं।’
एमसीसी सम्झौताले नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको कार्यशाला गोष्ठीमा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। उक्त सम्झौता सदनबाट पारित गर्ने÷नगर्नेमा सत्तारुढ दल नेकपाभित्र विवाद छ। उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको अन्तरक्रियामा एमसीसीको विषय उल्लेख नगरे पनि सांकेतिक रूपमा सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार्य नहुने बताएका हुन्।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुलाई दिएको त्यस्तो अभिव्यक्ति अर्थपूर्ण देखिएको छ। उनले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको पनि बताएका थिए।
‘हामी कुनै पनि मित्र राष्ट्रसँगको द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं। तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ’, उनले भने। उनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको पनि बताए। हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपालले चीनलाई साथ दिएको उनको भनाइ थियो।
गोष्ठीमा चीनका तर्फबाट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले बेइजिङबाटै सम्बोधन गरे। दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध र कोभिड–१९ विरुद्धको लडाईंमा साथ रहने उनको भनाइ थियो। ताओ गत वर्ष असोजमा दुई पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यशालामा सहभागी भएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको वर्षगाँठको अवसरमा दुई पार्टीको केन्द्रीय विभागको आयोजनामा उक्त कार्यक्रम भएको थियो। कार्यशालामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली भने सहभागी थिएनन्। ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको ९९ औं वर्षगाँठको अवसरमा दिएको भिडियो सन्देश भने कार्यक्रममा सुनाइएको सहभागी एक नेताले बताए।
कार्यक्रममा नेकपाको अन्तर्राष्ट्रिय विभागसँग स्कुल विभागले कुनै समन्वय र सहकार्य नगरेको भन्दै नेकपामा विवाद पनि भएको थियो। पार्टीको अन्तर्राष्ट्रिय विभागलाई जानकारी नै नदिई चिनियाँ कम्युनिस्ट पार्टीसँग कार्यशाला राखेकोमा अन्तर्राष्ट्रिय विभागका नेताहरुले भने असन्तुष्टि जनाएका छन्। अन्तर्राष्ट्रिय विभागका प्रमुख रहेका वरिष्ठ नेता माधवकुमार नेपाल भने कार्यक्रममा सहभागी थिएनन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












