चिनियाँ नेतासँग प्रचण्डले भने- सुरक्षा स्वार्थ जोडिएका सहयोग लिदैनौँ
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताएका छन्।
सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने उनको भनाइ छ।
‘संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन’, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेपाल कम्युनिस्ट पार्टीको स्कुलिङ विभागले शुक्रबार आयोजना गरेको संयुक्त भर्चुअल कार्यशाला गोष्ठीलाई पार्टी कार्यालय धुम्बाराहीबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ। नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्र राष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं।’
एमसीसी सम्झौताले नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको कार्यशाला गोष्ठीमा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। उक्त सम्झौता सदनबाट पारित गर्ने÷नगर्नेमा सत्तारुढ दल नेकपाभित्र विवाद छ। उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको अन्तरक्रियामा एमसीसीको विषय उल्लेख नगरे पनि सांकेतिक रूपमा सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार्य नहुने बताएका हुन्।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुलाई दिएको त्यस्तो अभिव्यक्ति अर्थपूर्ण देखिएको छ। उनले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको पनि बताएका थिए।
‘हामी कुनै पनि मित्र राष्ट्रसँगको द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं। तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ’, उनले भने। उनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको पनि बताए। हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपालले चीनलाई साथ दिएको उनको भनाइ थियो।
गोष्ठीमा चीनका तर्फबाट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले बेइजिङबाटै सम्बोधन गरे। दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध र कोभिड–१९ विरुद्धको लडाईंमा साथ रहने उनको भनाइ थियो। ताओ गत वर्ष असोजमा दुई पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यशालामा सहभागी भएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको वर्षगाँठको अवसरमा दुई पार्टीको केन्द्रीय विभागको आयोजनामा उक्त कार्यक्रम भएको थियो। कार्यशालामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली भने सहभागी थिएनन्। ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको ९९ औं वर्षगाँठको अवसरमा दिएको भिडियो सन्देश भने कार्यक्रममा सुनाइएको सहभागी एक नेताले बताए।
कार्यक्रममा नेकपाको अन्तर्राष्ट्रिय विभागसँग स्कुल विभागले कुनै समन्वय र सहकार्य नगरेको भन्दै नेकपामा विवाद पनि भएको थियो। पार्टीको अन्तर्राष्ट्रिय विभागलाई जानकारी नै नदिई चिनियाँ कम्युनिस्ट पार्टीसँग कार्यशाला राखेकोमा अन्तर्राष्ट्रिय विभागका नेताहरुले भने असन्तुष्टि जनाएका छन्। अन्तर्राष्ट्रिय विभागका प्रमुख रहेका वरिष्ठ नेता माधवकुमार नेपाल भने कार्यक्रममा सहभागी थिएनन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












