योग दिवसमा प्रधानमन्त्रीको असन्तुष्टि– ‘महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाए’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएकोभन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको उनले दोहोर्याए ।
विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’
पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे । ‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए । ‘प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको छ,’ उनले भने, ‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’ उनले सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्ने जनाए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने उनले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग अभ्यास क्रमको पुस्तिका तयार पारेको हो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पुस्तिका सार्वजनिक गरेका हुन् । पुस्तिकामा योग गर्ने विधि र तरिकाहरु उल्लेख रहेको छ । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र योग प्रशिक्षकहरु सहभागी थिए ।
हालै राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले कोरोनासँग लड्न बेसारको महत्वबारे बोलेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सन्जालमा धेरैले ठट्टा गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












