प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’
ओली क्याम्पको राजनितिक परामर्शमा गृहमन्त्री थापा र भट्ट
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् ।
मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनीहरूका नजिकका स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले बैठकमा जानुअघि आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन् ।
आफूमाथि हुन सक्ने सम्भावित खतराको आकलन गर्दै मंगलबार बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्रीले बैठक पछि पनि पुनः भेट गरेका थिए ।
उक्त भेटघाट सकेपछि साँझ आफूनिकट नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीपरिषद्का सदस्य तथा स्थायी कमिटी सदस्यहरूसँग पनि परामर्श गरेका हुन् ।
संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलदेखि मन्त्रीपरिषद्का सदस्यहरू बैठकमा उपस्थित छन् ।
गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टसहित बहुमत सदस्यलाई बोलाएर वालुवाटारमा प्रधानमन्त्रीले परामर्श गरिरहेको वालुवाटार स्रोतले बताएकाे छ ।
‘प्रधानमन्त्रीलाई आफ्नो अडानबाट पछि नहट्नका लागि नेताहरूले सुझाव दिनुभएको छ’, अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग्नुकाे औचित्य छैन भन्ने मत सबैकाे छ’, बैठकमा सहभागी एक नेताले भने, ‘छलफल चल्दैछ ।’
उनका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले हिजो उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












