प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’
ओली क्याम्पको राजनितिक परामर्शमा गृहमन्त्री थापा र भट्ट
काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् ।
मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललगायत उनीहरूका नजिकका स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले बैठकमा जानुअघि आफूनिकट नेताहरूसँग परामर्श गरेका हुन् ।
आफूमाथि हुन सक्ने सम्भावित खतराको आकलन गर्दै मंगलबार बैठक बस्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्रीले बैठक पछि पनि पुनः भेट गरेका थिए ।
उक्त भेटघाट सकेपछि साँझ आफूनिकट नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले बुधबार बिहानै मन्त्रीपरिषद्का सदस्य तथा स्थायी कमिटी सदस्यहरूसँग पनि परामर्श गरेका हुन् ।
संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलदेखि मन्त्रीपरिषद्का सदस्यहरू बैठकमा उपस्थित छन् ।
गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टसहित बहुमत सदस्यलाई बोलाएर वालुवाटारमा प्रधानमन्त्रीले परामर्श गरिरहेको वालुवाटार स्रोतले बताएकाे छ ।
‘प्रधानमन्त्रीलाई आफ्नो अडानबाट पछि नहट्नका लागि नेताहरूले सुझाव दिनुभएको छ’, अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामाको माग्नुकाे औचित्य छैन भन्ने मत सबैकाे छ’, बैठकमा सहभागी एक नेताले भने, ‘छलफल चल्दैछ ।’
उनका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले हिजो उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












