रोल्पाका स्थानीय तहमा हेलिप्याड
रोल्पा। रोल्पाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ।
विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरी महिलाको आपतकालीन उद्वारमा सहज होस् भन्ने उद्देश्यले नेपाली सेनाले उक्त होलिप्याड बनाएको हो।
जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको हो। सेनाको खड्गदल गण लिवाङले सो हेलिप्याड निर्माण गरेको हो। प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको हो। रोल्पा नगरपालिकाको लिवाङको हेलिप्याड भने नगरपालिका आफैंले बनाइरहेको छ।
“विपद्सँग सम्बन्धित विषय नेपाली सेनाको पनि सरोकारको विषय भएकाले हेलिप्याड निर्माण गरेका हौँ,” खड्गदल गण रोल्पाका गणपति सुधिर केसीले भने, “लकडाउनको असहजताबीच निर्माण कार्य सम्पन्न गरेका छौँ।”
जिल्ला प्रशासन कार्यालयको कार्यदेशअनुसार खड्गदल गण रोल्पा उक्त निर्माण कार्यमा सरिक भएको थियो। सार्वजनिक खरिद ऐन बमोजिम उक्त हेलिप्याड निर्माण गरिएको हो। प्रति हेलिप्याड पाँच लाख रुपैयाँका दरले निर्माण गरिएको सेनाले जनाएको छ। सो निर्माणका लागि प्रदेश सरकारले अघिल्लो वर्ष नै बजेट विनियोजन गरे पनि विविध कारणवश निर्माण हुन सकेको थिएन। निर्माण कार्य नहुँदा अघिल्लो वर्ष बजेट फिर्ता गएपछि यस वर्ष नेपाली सेनालाई निर्माण कार्यको जिम्मा दिइएको हो।
रोल्पा नगरपालिकाले नाइट भिजन हेलिप्याड निर्माण गरेको छ। अघिल्लो वर्ष १५ लाख रुपैयाँ बजेट खर्चेर बनाइएको हेलिप्याड वर्षासँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए। उक्त हेलिप्याडका लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकहरुमा आउने पहिरोले ६ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी महिला तथा विपद्मा परेकाहरुले अकालमा ज्यान गुमाउने गरेका छन्।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












