भद्रकालीको सेनाको मैदान एन्फाले प्रयोग गर्ने
काठमाडाैँ । विश्वकप छनोट २०२२ को छनोट खेलका लागि नेपाल आउने टोलीले अभ्यासका लागि भद्रकालीस्थित नेपाल आर्मीको मैदान प्रयोग गर्न पाउने भएका छन्।
अन्तर्राष्ट्रिय मापदण्ड पुर्याएको सो मैदानमा आवश्यक संरचना निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फाले १५ लाख रुपैयाँ खर्च गरेको छ।
एन्फाले भद्रकालीस्थित मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडीहरुको चेन्जिङ रुम, रेफ्रिहरुको लागि कोठा र मैदानको लेभल मिलाउने काम सम्पन्न गरेर शुक्रबार आर्मी हेडक्वार्टरलाई हस्तान्तरण गरेको छ।
सो संरचना एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति पुर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन्। सम्झौतापत्रमा प्रधानसेनापति थापा र एन्फा अध्यक्ष शेर्पाले हस्ताक्षर गरे।
सम्झौताअनुसार आर्मीले विश्वकप छनोटका खेलका लागि नेपाल आएका खेलाडीहरुले अभ्यासका लागि आर्मी हेडक्वार्टर भद्रकालीस्थित मैदान उपलब्ध गराउने भएको हो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












