हजुरबा भएपछि बाबुराम दंग !
काठमाडाैँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार बिहान काखमा बच्चा लिएको फोटो सार्वजनिक गर्दै लेखे– बल्ल हजुरबा भइयो।
उनकी छोरी मानुषीले आइतबार बिहान छोरा पाएकी थिइन्। नाति काखमा लिएको फोटो सार्वजनिक गर्दै बाबुरामले छोरी मानुषी, ज्वाइँ जेकेन्द्र र स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका हुन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा शल्यक्रियामार्फत् मानुषीले बच्चा पाएकी थिइन्। सफल सल्यक्रियाका लागि बाबुरामले डाक्टर गीता गुरूङ नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्।
हजुरबा भएपछि फुरूङ्ग भएका बाबुरामले ठट्टा गर्दै लेखेका छन्– हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एक मात्र शिशुको सु–स्वास्थ्यको कामना।
बाबुरामले आफू हजुरबा भएको फोटो फेसबुक र ट्वीटरमा पोस्ट गरेपछि धेरैले उनलाई बधाई दिएका छन्।
उनका सहपाठीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले ट्वीटमार्फत् बधाई दिएका छन्। बाबुराम र कमल थापा अस्कल क्याम्पस सँगै पढ्थे।
थापाले बाबुराम हजुरबा भएकोमा बधाई दिँदै भनेका छन्– लौ बधाई छ सम्पूर्ण परिवारलाई। यसमा भने सहपाठी मित्रभन्दा म धेरै अगाडि रहेछु। मेरो त सात वटा नातिनातिनी भइसके।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












