हजुरबा भएपछि बाबुराम दंग !
काठमाडाैँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार बिहान काखमा बच्चा लिएको फोटो सार्वजनिक गर्दै लेखे– बल्ल हजुरबा भइयो।
उनकी छोरी मानुषीले आइतबार बिहान छोरा पाएकी थिइन्। नाति काखमा लिएको फोटो सार्वजनिक गर्दै बाबुरामले छोरी मानुषी, ज्वाइँ जेकेन्द्र र स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका हुन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा शल्यक्रियामार्फत् मानुषीले बच्चा पाएकी थिइन्। सफल सल्यक्रियाका लागि बाबुरामले डाक्टर गीता गुरूङ नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्।
हजुरबा भएपछि फुरूङ्ग भएका बाबुरामले ठट्टा गर्दै लेखेका छन्– हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एक मात्र शिशुको सु–स्वास्थ्यको कामना।
बाबुरामले आफू हजुरबा भएको फोटो फेसबुक र ट्वीटरमा पोस्ट गरेपछि धेरैले उनलाई बधाई दिएका छन्।
उनका सहपाठीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले ट्वीटमार्फत् बधाई दिएका छन्। बाबुराम र कमल थापा अस्कल क्याम्पस सँगै पढ्थे।
थापाले बाबुराम हजुरबा भएकोमा बधाई दिँदै भनेका छन्– लौ बधाई छ सम्पूर्ण परिवारलाई। यसमा भने सहपाठी मित्रभन्दा म धेरै अगाडि रहेछु। मेरो त सात वटा नातिनातिनी भइसके।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












