बालुवाटारमा ओली,प्रचण्ड र नेपालबीच भेटवार्ता, फुक्ला त विवादको गाँठो ?
काठमाडाैँ । सत्तारुढ नेकपामा बढेको विवाद समाधानको लागि आज शीर्ष तीन नेताबीच भेटवार्ता हुँदैछ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार बिहान साढे ११ बजे बालुवाटारमा भेटवार्ता हुन लागेको हो।
ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि प्रचण्डको प्रस्तावमा माधव नेपाल पनि वार्तामा बस्न लागेका नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए।
ओलीसँगको वार्ताबाट मात्रै सहमति नजुटेपछि प्रचण्डले नेता नेपाललाई पनि वार्तामा राख्न बुधबारको बैठकमा प्रस्ताव राखेका थिए। जसमा ओलीले पनि सहमति जनाएपछि आज शीर्ष तीन नेताबीच संयुक्त वार्ता हुन लागेको हो।
तर, आज हुने शीर्ष तीन नेताबीचको वार्तामा पनि सहमति हुने सम्भावना नरहेको माधव नेपाल पक्षीय एक स्थायी समिति सदस्यले दाबी गरे। ‘आज उहाँहरु वार्तामा बस्दै हुनुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्री ओलीले अडान छाड्नु भएको छैन। त्यसैले आज पनि विवाद समाधान भएर सहमति हुने सम्भावना भने देखिँदैन।’
आजको वार्तामा सहमति नभए पनि भोली (२ साउन) को लागि यस अघि नै तय भएको स्थायी समिति बैठक भने नरोकिने ती नेताको दाबी छ।
पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन्। उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो। हिजोको छलफलमा पनि ओलीले पुरानै कुरा दोहोर्याएका थिए।
बुधबारको छलफलमा ओलीले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।
‘अहिले प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा कुरा गर्न म तयार छैन’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईं प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए चाँडै महाधिवेशनमा जाउँ।’
बुधबार बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












