बालुवाटारमा ओली,प्रचण्ड र नेपालबीच भेटवार्ता, फुक्ला त विवादको गाँठो ?
काठमाडाैँ । सत्तारुढ नेकपामा बढेको विवाद समाधानको लागि आज शीर्ष तीन नेताबीच भेटवार्ता हुँदैछ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार बिहान साढे ११ बजे बालुवाटारमा भेटवार्ता हुन लागेको हो।
ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि प्रचण्डको प्रस्तावमा माधव नेपाल पनि वार्तामा बस्न लागेका नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए।
ओलीसँगको वार्ताबाट मात्रै सहमति नजुटेपछि प्रचण्डले नेता नेपाललाई पनि वार्तामा राख्न बुधबारको बैठकमा प्रस्ताव राखेका थिए। जसमा ओलीले पनि सहमति जनाएपछि आज शीर्ष तीन नेताबीच संयुक्त वार्ता हुन लागेको हो।
तर, आज हुने शीर्ष तीन नेताबीचको वार्तामा पनि सहमति हुने सम्भावना नरहेको माधव नेपाल पक्षीय एक स्थायी समिति सदस्यले दाबी गरे। ‘आज उहाँहरु वार्तामा बस्दै हुनुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्री ओलीले अडान छाड्नु भएको छैन। त्यसैले आज पनि विवाद समाधान भएर सहमति हुने सम्भावना भने देखिँदैन।’
आजको वार्तामा सहमति नभए पनि भोली (२ साउन) को लागि यस अघि नै तय भएको स्थायी समिति बैठक भने नरोकिने ती नेताको दाबी छ।
पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन्। उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो। हिजोको छलफलमा पनि ओलीले पुरानै कुरा दोहोर्याएका थिए।
बुधबारको छलफलमा ओलीले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।
‘अहिले प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा कुरा गर्न म तयार छैन’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईं प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए चाँडै महाधिवेशनमा जाउँ।’
बुधबार बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












