देश रूपान्तरण गर्न सहज थिएन, र अझै पनि छैन : रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परिष्कृत हुने बेला आएको भन्दै नेता–कार्यकर्ताहरुलाई मन, वचन र कर्मले अघि बढ्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्पत् साझा पार्टीका सदस्यहरूलाई सन्देश संप्रेषण गर्दै संयोजक मिश्रले नेता–कार्यकर्ताहरुलाई मन, वचन र कर्मले अघि बढ्न आग्रह गरेका हुन् ।
विगत तीन वर्षका आरोह–अवरोहले आफूहरुलाई धेरै सिकाएको स्मरण गर्दै उनले यथार्थको धरातलमा आफूहरु नराम्रोसँग बजारिएको पनि सन्देशमा उल्लेख गरेका छन् ।
“यो क्रममा हामीले केही हासिल गर्यौं, केही गुमायौं । नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो,” संयोजक मिश्रले भनेका छन्, “हामी गत तीन वर्षमा राम्रैसँग घोटियौं तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ । यसकालागि मन, वचन र कर्मले अघि बढौं ।”
उनले केन्द्रीय समितिबाट एक मतले पारित भएको निर्णयमा अगाडि बढ्दा नेताद्वय डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छोडेको पनि सन्देशमार्फत् कार्यकर्ताहरुलाई जानकारी दिएका छन् ।
“पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौं,” उनले भनेका छन्, “तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गर्यौं । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो ।”
डा. आचार्य र खनालले पार्टी छोड्नु अत्यन्तै खेदजनक स्थिति भएको पनि संयोजक मिश्रले भनेका छन् ।
साझा पार्टीका सदस्य साथीहरूलाई प्रेषित सन्देश
यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु । पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौं ।
तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै ग¥यौं । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो । त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।
तर, जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ । अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ । यात्राको नियम नै यही हो । राजनीतिमा दशकौंदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ । त्यो खाँचो पूरा गर्न हामी प्रतिवद्ध छौं ।
यसै परिप्रेक्षमा साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग (१) ‘एकीकरण–ध्रुवीकरण’ गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी (२) ‘पुनर्गठन’ गर्ने र पार्टी (३) ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ । यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो । यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौं ।
एकीकरण–ध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परिक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो प्रमुख उद्देश्य हुनेछ । एकीकरण र ध्रुवीकरणको बाटोमा नगइ त्यो विजय असम्भव प्रायः हुनेछ । स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ ।
विगत तीन वर्षका आरोह–अवरोहले हामीलाई धेरै सिकाएको छ । साथसाथै यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ । यो क्रममा हामीले केही हासिल गर्यौं, केही गुमायौं । नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो । हामी गत तीन वर्षमा राम्रैसँग घोटियौं तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ । यसकालागि मन, वचन र कर्मले अघि बढौं ।
तपाईंको आत्मविश्वास नडगमगाओस् भन्ने म कामना गर्दछु । ७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुने छैन ।
यो जटील घडीमा चट्टान झै एक र दृढ रहनुभएकोमा म शीर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु ।
कोरोना महाव्याधीको यो समयमा तपाईं, परिवार र समाजको सुस्वास्थ्यको पनि कामना गर्दछु । हामी सबैको जय होस्, नेपालको जय होस् !
स–सम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति : ०२ साउन २०७७
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












