देश रूपान्तरण गर्न सहज थिएन, र अझै पनि छैन : रवीन्द्र मिश्र
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परिष्कृत हुने बेला आएको भन्दै नेता–कार्यकर्ताहरुलाई मन, वचन र कर्मले अघि बढ्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्पत् साझा पार्टीका सदस्यहरूलाई सन्देश संप्रेषण गर्दै संयोजक मिश्रले नेता–कार्यकर्ताहरुलाई मन, वचन र कर्मले अघि बढ्न आग्रह गरेका हुन् ।
विगत तीन वर्षका आरोह–अवरोहले आफूहरुलाई धेरै सिकाएको स्मरण गर्दै उनले यथार्थको धरातलमा आफूहरु नराम्रोसँग बजारिएको पनि सन्देशमा उल्लेख गरेका छन् ।
“यो क्रममा हामीले केही हासिल गर्यौं, केही गुमायौं । नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो,” संयोजक मिश्रले भनेका छन्, “हामी गत तीन वर्षमा राम्रैसँग घोटियौं तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ । यसकालागि मन, वचन र कर्मले अघि बढौं ।”
उनले केन्द्रीय समितिबाट एक मतले पारित भएको निर्णयमा अगाडि बढ्दा नेताद्वय डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छोडेको पनि सन्देशमार्फत् कार्यकर्ताहरुलाई जानकारी दिएका छन् ।
“पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौं,” उनले भनेका छन्, “तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गर्यौं । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो ।”
डा. आचार्य र खनालले पार्टी छोड्नु अत्यन्तै खेदजनक स्थिति भएको पनि संयोजक मिश्रले भनेका छन् ।
साझा पार्टीका सदस्य साथीहरूलाई प्रेषित सन्देश
यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु । पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौं ।
तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै ग¥यौं । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो । त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।
तर, जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ । अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ । यात्राको नियम नै यही हो । राजनीतिमा दशकौंदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ । त्यो खाँचो पूरा गर्न हामी प्रतिवद्ध छौं ।
यसै परिप्रेक्षमा साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग (१) ‘एकीकरण–ध्रुवीकरण’ गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी (२) ‘पुनर्गठन’ गर्ने र पार्टी (३) ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ । यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो । यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौं ।
एकीकरण–ध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परिक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो प्रमुख उद्देश्य हुनेछ । एकीकरण र ध्रुवीकरणको बाटोमा नगइ त्यो विजय असम्भव प्रायः हुनेछ । स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ ।
विगत तीन वर्षका आरोह–अवरोहले हामीलाई धेरै सिकाएको छ । साथसाथै यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ । यो क्रममा हामीले केही हासिल गर्यौं, केही गुमायौं । नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो । हामी गत तीन वर्षमा राम्रैसँग घोटियौं तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ । यसकालागि मन, वचन र कर्मले अघि बढौं ।
तपाईंको आत्मविश्वास नडगमगाओस् भन्ने म कामना गर्दछु । ७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुने छैन ।
यो जटील घडीमा चट्टान झै एक र दृढ रहनुभएकोमा म शीर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु ।
कोरोना महाव्याधीको यो समयमा तपाईं, परिवार र समाजको सुस्वास्थ्यको पनि कामना गर्दछु । हामी सबैको जय होस्, नेपालको जय होस् !
स–सम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति : ०२ साउन २०७७
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












