पार्टी एकता संकटमा छ, ओलीकै सक्रियतामा एमाले दर्ता भएको होः प्रचण्ड
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विवादले गम्भीर संकट ल्याउन सक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। कम्युनिष्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले अर्काको रगत चुसेर बसेका शासकहरूलाई फ्याँकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएको बताए। दाहालले अहिले पार्टीमा चलेको संघर्ष कम्युनिष्टहरुको नियमित अभ्यास भएको बताए।
‘वर्ष संघर्ष र वैचारिक विवादमा आइरहन्छ कम्युनिष्ट पार्टीमा। कम्युनिष्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरूप हो’, उनले भने, ‘एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् कम्युनिष्ट पार्टीहरू। एकता निश्चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुन्छ। एकता चोचोमोचो मिलाएर हुँदैन।
संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो हुँदैन।’ अध्यक्ष दाहालले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने पनि बताए। ‘एंगेल्सले भनेको संघर्ष गर्दै जाँदा हरेक प्रवृत्तिले पार्टी एकता हुन्छ नै भन्ने छैन, फुटमा पनि जान कस्छ। हामी अहिलेका कम्युनिष्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिष्ट पार्टीको अभ्यास नै हो।’ नेता एउटाको नेतृत्व अर्कै अध्यक्ष दाहालले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको भन्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे।
‘पुष्पलालले अनेक दु:ख र हन्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उहाँकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो। आजको समस्या पनि त्यहीँ पो हो कि!’ अध्यक्ष दाहालले पुष्पलालको जनवादी क्रान्तिको नीति पारित हुँदा पनि राजा परस्त केशरजंग रायमाझी नेतृत्वमा जाने कुराले कम्युनिष्टमा गम्भीर समस्या ल्याएको बताए। ‘२०१४ सालपछि जस्तो भयो अहिले त्यस्तै हुँदैछ, नीति एउटाको छ तर नेतृत्वमा अर्कै छ। अहिले पनि त्यस्तै हुँदैछ, यसरी त पार्टी दुर्घटनामा जान्छ, जान्छ। कसैले पवित्र इच्छा राख्दैमा पार्टी एक भइरहँदैन।’
अध्यक्ष दाहालले पुष्पलालको जनवादी क्रान्तिको नीति पारित हुँदा पनि राजा परस्त केशरजंग रायमाझी नेतृत्वमा जाने कुराले कम्युनिष्टमा गम्भीर समस्या ल्याएको बताए। ‘२०१४ सालपछि जस्तो भयो अहिले त्यस्तै हुँदैछ, नीति एउटाको छ तर नेतृत्वमा अर्कै छ। अहिले पनि त्यस्तै हुँदैछ, यसरी त पार्टी दुर्घटनामा जान्छ, जान्छ। कसैले पवित्र इच्छा राख्दैमा पार्टी एक भइरहँदैन।’ अध्यक्ष दाहालले पार्टी गम्भीर संकटमा परेको बताए। ‘मैले पहिले पनि भनेको छु। पार्टी संकटमा छ।
पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा अर्का अध्यक्षको सक्रियतामा नेकपा एमालेको नाममा पार्टी दर्ता अघि बढाइयो’, उनले भने, ‘यसले संकटलाई व्यक्त गरेकै छ। देशभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भइरहेको छ। मुर्दावाद र जिन्दावादका नारा लागिरहेका छन्। हामीले साथीहरुलाई धैर्य गर्नुस् भनेका छौं। तर त्यस खालका प्रचारवाजी पनि भइरहेका छन्। पार्टी संकटमा छ, सामान्य अवस्थामा छैन। उनले अहिलेका गतिविधिले पार्टी पछाडी फर्किन खोजेको देखिएको बताए। ‘हामी कता कता पछि फर्किन खोजेको देखिँदैछ। कसैले जनताको बहुदलीय जनवाद जिन्दाबाद, कसैले माओवाद त कसैले २१ औँ शताब्दीको जनवाद जिन्दाबाद भन्यो भने त्यो एकतातिर गएको हुँदैन’, उनले थपे, ‘अब पार्टीको भविष्य के हुन्छ? महाधिवेशन हुन्छ कि हुँदैन? महाधिवेशन नहुँदै पार्टी फुट्ने त होइन भन्ने चिन्ता कार्यकर्तामा छ।
देशभरीका जनताको मनको कुरा हामीले बुझेका छौं। त्यसैले सच्चिएर अघि बढ्ने बाहेक अर्को विकल्प छैन।’ दुई पार्टीबीचको एकता प्रक्रिया नटुंगिँदै किन यस्तो संकट पैदा भयो? आजको प्रश्न यही नै रहेको उनले बताए। ‘हामीले एकताको दुई वर्षयता सामूहिक नेतृत्व प्रणाली विकास गर्न सक्यौँ कि सकेनौँ। दुई वर्षसम्म त बैठक नै बस्न सकिएन नि। ६ महिनामा बस्ने केन्द्रीय कमिटी बैठक दुई वर्षमा बस्यो। हामी त्यहीँ चुक्यौँ। समस्या आउँदा खुला छलफल गर्ने निचोड निकाल्ने विधि अपनायौँ कि अपनाएनौँ, गम्भीर समीक्षा हुनुपर्छ’, उनले थपे, ‘बैठक नै नबसेपछि सामूहिक छलफल र निष्कर्ष भएन।
विवेक र सत्तामध्ये कुन प्रधान हो ? विवेकले सरकारको नेतृत्व गर्नुपर्छ। सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने त्यो वैज्ञानिक मान्यताभन्दा बाहिर हुन्छ। सत्ता विवेकमाथि हाबी हुने हो कि भन्ने चिन्ता छ। समूह अधिनस्थ व्यक्ति हुनुपर्नेमा व्यक्ति अधिनस्थ पो समूह पो भयो कि!’ चुनावमा दुई पार्टीले साझा घोषणापत्र लिएर जाँदा सुशासनलाई जोड दिइएको उनले बताए। ‘हामीले जनतालाई सुशासन दिन्छौं भन्यौँ तर भ्रष्टाचारका प्रश्नको निराकरणमा हामी कति सफल भयौं? भन्ने कुरा हो। हामीले विचारलाई कि पावरलाई प्राथमिकता दिने हो? हाम्रो पार्टीमा बैठक नै बस्न पनि कसरत गर्नुपर्ने अवस्था आएको छ। बैठकको गरिमालाई कायम राख्न सकिएन’, उनले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












