पार्टी एकता संकटमा छ, ओलीकै सक्रियतामा एमाले दर्ता भएको होः प्रचण्ड
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विवादले गम्भीर संकट ल्याउन सक्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। कम्युनिष्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले अर्काको रगत चुसेर बसेका शासकहरूलाई फ्याँकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएको बताए। दाहालले अहिले पार्टीमा चलेको संघर्ष कम्युनिष्टहरुको नियमित अभ्यास भएको बताए।
‘वर्ष संघर्ष र वैचारिक विवादमा आइरहन्छ कम्युनिष्ट पार्टीमा। कम्युनिष्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरूप हो’, उनले भने, ‘एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् कम्युनिष्ट पार्टीहरू। एकता निश्चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुन्छ। एकता चोचोमोचो मिलाएर हुँदैन।
संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो हुँदैन।’ अध्यक्ष दाहालले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने पनि बताए। ‘एंगेल्सले भनेको संघर्ष गर्दै जाँदा हरेक प्रवृत्तिले पार्टी एकता हुन्छ नै भन्ने छैन, फुटमा पनि जान कस्छ। हामी अहिलेका कम्युनिष्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिष्ट पार्टीको अभ्यास नै हो।’ नेता एउटाको नेतृत्व अर्कै अध्यक्ष दाहालले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको भन्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे।
‘पुष्पलालले अनेक दु:ख र हन्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उहाँकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो। आजको समस्या पनि त्यहीँ पो हो कि!’ अध्यक्ष दाहालले पुष्पलालको जनवादी क्रान्तिको नीति पारित हुँदा पनि राजा परस्त केशरजंग रायमाझी नेतृत्वमा जाने कुराले कम्युनिष्टमा गम्भीर समस्या ल्याएको बताए। ‘२०१४ सालपछि जस्तो भयो अहिले त्यस्तै हुँदैछ, नीति एउटाको छ तर नेतृत्वमा अर्कै छ। अहिले पनि त्यस्तै हुँदैछ, यसरी त पार्टी दुर्घटनामा जान्छ, जान्छ। कसैले पवित्र इच्छा राख्दैमा पार्टी एक भइरहँदैन।’
अध्यक्ष दाहालले पुष्पलालको जनवादी क्रान्तिको नीति पारित हुँदा पनि राजा परस्त केशरजंग रायमाझी नेतृत्वमा जाने कुराले कम्युनिष्टमा गम्भीर समस्या ल्याएको बताए। ‘२०१४ सालपछि जस्तो भयो अहिले त्यस्तै हुँदैछ, नीति एउटाको छ तर नेतृत्वमा अर्कै छ। अहिले पनि त्यस्तै हुँदैछ, यसरी त पार्टी दुर्घटनामा जान्छ, जान्छ। कसैले पवित्र इच्छा राख्दैमा पार्टी एक भइरहँदैन।’ अध्यक्ष दाहालले पार्टी गम्भीर संकटमा परेको बताए। ‘मैले पहिले पनि भनेको छु। पार्टी संकटमा छ।
पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा अर्का अध्यक्षको सक्रियतामा नेकपा एमालेको नाममा पार्टी दर्ता अघि बढाइयो’, उनले भने, ‘यसले संकटलाई व्यक्त गरेकै छ। देशभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भइरहेको छ। मुर्दावाद र जिन्दावादका नारा लागिरहेका छन्। हामीले साथीहरुलाई धैर्य गर्नुस् भनेका छौं। तर त्यस खालका प्रचारवाजी पनि भइरहेका छन्। पार्टी संकटमा छ, सामान्य अवस्थामा छैन। उनले अहिलेका गतिविधिले पार्टी पछाडी फर्किन खोजेको देखिएको बताए। ‘हामी कता कता पछि फर्किन खोजेको देखिँदैछ। कसैले जनताको बहुदलीय जनवाद जिन्दाबाद, कसैले माओवाद त कसैले २१ औँ शताब्दीको जनवाद जिन्दाबाद भन्यो भने त्यो एकतातिर गएको हुँदैन’, उनले थपे, ‘अब पार्टीको भविष्य के हुन्छ? महाधिवेशन हुन्छ कि हुँदैन? महाधिवेशन नहुँदै पार्टी फुट्ने त होइन भन्ने चिन्ता कार्यकर्तामा छ।
देशभरीका जनताको मनको कुरा हामीले बुझेका छौं। त्यसैले सच्चिएर अघि बढ्ने बाहेक अर्को विकल्प छैन।’ दुई पार्टीबीचको एकता प्रक्रिया नटुंगिँदै किन यस्तो संकट पैदा भयो? आजको प्रश्न यही नै रहेको उनले बताए। ‘हामीले एकताको दुई वर्षयता सामूहिक नेतृत्व प्रणाली विकास गर्न सक्यौँ कि सकेनौँ। दुई वर्षसम्म त बैठक नै बस्न सकिएन नि। ६ महिनामा बस्ने केन्द्रीय कमिटी बैठक दुई वर्षमा बस्यो। हामी त्यहीँ चुक्यौँ। समस्या आउँदा खुला छलफल गर्ने निचोड निकाल्ने विधि अपनायौँ कि अपनाएनौँ, गम्भीर समीक्षा हुनुपर्छ’, उनले थपे, ‘बैठक नै नबसेपछि सामूहिक छलफल र निष्कर्ष भएन।
विवेक र सत्तामध्ये कुन प्रधान हो ? विवेकले सरकारको नेतृत्व गर्नुपर्छ। सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने त्यो वैज्ञानिक मान्यताभन्दा बाहिर हुन्छ। सत्ता विवेकमाथि हाबी हुने हो कि भन्ने चिन्ता छ। समूह अधिनस्थ व्यक्ति हुनुपर्नेमा व्यक्ति अधिनस्थ पो समूह पो भयो कि!’ चुनावमा दुई पार्टीले साझा घोषणापत्र लिएर जाँदा सुशासनलाई जोड दिइएको उनले बताए। ‘हामीले जनतालाई सुशासन दिन्छौं भन्यौँ तर भ्रष्टाचारका प्रश्नको निराकरणमा हामी कति सफल भयौं? भन्ने कुरा हो। हामीले विचारलाई कि पावरलाई प्राथमिकता दिने हो? हाम्रो पार्टीमा बैठक नै बस्न पनि कसरत गर्नुपर्ने अवस्था आएको छ। बैठकको गरिमालाई कायम राख्न सकिएन’, उनले भने।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












