स्थायी समिति रोकिन्नँ, बोल्ड निर्णय गरेर अघि बढ्छ : प्रचण्ड
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला गुट भेला बिहानैदेखि शुरु भएको छ ।
भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ ।
स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ । उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।
स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । फलतः अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।
प्रचण्ड निवास पुगेका एक स्थायी कमिटी सदस्यले भने, ‘ओली सहमतिमा आउने देखिएको छैन । अब पार्टीबाट बहुमतले निर्णय गरी अगाडि बढ्ने तयारी भइरहेको छ । त्यसअघि ओलीसँग एकपटक पुनः सहमतिका लागि प्रयास गरिनेछ ।’
सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुअघि दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् ।
ओली पक्षले जसरी पनि पार्टीलाई महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार गरिरहेका छन् । सचिवालयमा प्रधानमन्त्री अोलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । सचिवालयमा निर्णय गराएर स्थायी कमिटीमाबाट पारित गराएर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।
स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अलिहेको विवाद कुर्सी केन्द्रीत देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गर्नुपर्छ ।’ पोखरेललाई अोली निकट नेता मानिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












