स्थायी समिति रोकिन्नँ, बोल्ड निर्णय गरेर अघि बढ्छ : प्रचण्ड
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला गुट भेला बिहानैदेखि शुरु भएको छ ।
भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । त्यसबारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ ।
स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ । उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।
स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । फलतः अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।
प्रचण्ड निवास पुगेका एक स्थायी कमिटी सदस्यले भने, ‘ओली सहमतिमा आउने देखिएको छैन । अब पार्टीबाट बहुमतले निर्णय गरी अगाडि बढ्ने तयारी भइरहेको छ । त्यसअघि ओलीसँग एकपटक पुनः सहमतिका लागि प्रयास गरिनेछ ।’
सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुअघि दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् ।
ओली पक्षले जसरी पनि पार्टीलाई महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार गरिरहेका छन् । सचिवालयमा प्रधानमन्त्री अोलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । सचिवालयमा निर्णय गराएर स्थायी कमिटीमाबाट पारित गराएर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।
स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अलिहेको विवाद कुर्सी केन्द्रीत देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गर्नुपर्छ ।’ पोखरेललाई अोली निकट नेता मानिन्छ ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












