खुमलटार भेलाको निष्कर्षः स्थायी कमिटी नरोक्ने, बहुमतबाटै निर्णय गरेर अघि बढ्ने
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षले बहुमतबाटै निर्णय गरेर जाने तयारी गरेको छ।
सोमवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको ओलीइतरका बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यहरुको भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने निश्कर्ष निकालिएको एक नेताले जानकारी दिए।
त्यस्तै, मंगलवार ११ बजेका लागि बोलाइएको बैठक नरोक्ने सहमति पनि नेताहरुबीच बनेको छ।
‘प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने गरी छलफल भएको छ। भोलिको बैठक कुनै पनि हालतमा रोकिनु हुन्न,’ ती नेताले भने।
असार १० गते गतेबाट सुरु भएको स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसेकको छ। नेकपाभित्रको किचलो यथावत रहेका कारण बैठक अन्यौलमा रहेको उनीहरुको भनाइ छ। पार्टी विवाद समाधानका लागि प्रयास जारी राखिएको भए पनि विवाद ज्यूँकात्यूँ रहेको नेताहरु बताउँछन्।
स्थायी कमिटी बैठकमा प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। तर, ओली पदबाट राजीनामा नदिने अडानमा छन्। प्रचण्ड-नेपाल पक्षले ओलीले एक पद छोड्नपर्ने अडान राख्दै आएको छ।
विवाद कायम रहँदा गत शुक्रवार यता ओली र प्रचण्डबीच भेटघाट हुन सकेको छैन। शुक्रवारको भेटपछि प्रचण्डले पुष्पलालको स्मृति सभामा ओलीप्रति आक्रोश पोखेका थिए। उनले पार्टीमा विवाद झनै चर्किएको संकेत गरेका थिए।
बाढी पहिरोका कारण देखाउँदै साउन ६ गते एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












