खुमलटार भेलाको निष्कर्षः स्थायी कमिटी नरोक्ने, बहुमतबाटै निर्णय गरेर अघि बढ्ने
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षले बहुमतबाटै निर्णय गरेर जाने तयारी गरेको छ।
सोमवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको ओलीइतरका बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यहरुको भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने निश्कर्ष निकालिएको एक नेताले जानकारी दिए।
त्यस्तै, मंगलवार ११ बजेका लागि बोलाइएको बैठक नरोक्ने सहमति पनि नेताहरुबीच बनेको छ।
‘प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर जाने गरी छलफल भएको छ। भोलिको बैठक कुनै पनि हालतमा रोकिनु हुन्न,’ ती नेताले भने।
असार १० गते गतेबाट सुरु भएको स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसेकको छ। नेकपाभित्रको किचलो यथावत रहेका कारण बैठक अन्यौलमा रहेको उनीहरुको भनाइ छ। पार्टी विवाद समाधानका लागि प्रयास जारी राखिएको भए पनि विवाद ज्यूँकात्यूँ रहेको नेताहरु बताउँछन्।
स्थायी कमिटी बैठकमा प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। तर, ओली पदबाट राजीनामा नदिने अडानमा छन्। प्रचण्ड-नेपाल पक्षले ओलीले एक पद छोड्नपर्ने अडान राख्दै आएको छ।
विवाद कायम रहँदा गत शुक्रवार यता ओली र प्रचण्डबीच भेटघाट हुन सकेको छैन। शुक्रवारको भेटपछि प्रचण्डले पुष्पलालको स्मृति सभामा ओलीप्रति आक्रोश पोखेका थिए। उनले पार्टीमा विवाद झनै चर्किएको संकेत गरेका थिए।
बाढी पहिरोका कारण देखाउँदै साउन ६ गते एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











