ओलीको पार्टी फुटाउने रणनिती असफल बनाउन ६ बुँदे प्रश्ताव ल्याएको हुँः उपाध्यक्ष गाैतम
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई फुटबाट जोगाउनको लागी मात्र आफूले ६ बुदे प्रस्ताव ल्याएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आफैँ पार्टी फुटाउन लागिपरेकाले त्यसलाई असफल पार्न मात्रै प्रधानमन्त्री र अध्यक्षमा उनलाई निरन्तरता दिने प्रस्ताव आफूले ल्याएको बताएका हुन ।
पार्टीको विवाद उत्कर्षमा रहेका बेला गौतमले मंगलबार ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र पूरा कार्यकाल प्रधानमन्त्री चलाउन दिनुपर्नेसहितको ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा मंगलबार दिउँसो बसेको बैठकमा गौतमले ओली सरकार र पार्टी सञ्चालन गर्न पूर्ण असफल भएको बताए।
‘केपी ओली पार्टी चलाउने कुरामा पूर्ण रुपमा असफल हुनुभयो,’ गौतमको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार दिनेगरी उहाँलाई प्रधानमन्त्रीमा कायम राखौं, मैले यो कुरा ओलीलाई भेटेर पनि भनेको छु, बाहिर सार्वजनिक रुपमा पनि भनिसकेँ।’
गौतमले प्रधानमन्त्री ओली आफैँ पार्टी फुटाउन सक्रिय रहेकोले त्यसलाई रोक्न पनि दुवै पदबाट हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए।
ओलीलाई सेरेमोनियल अध्यक्षमात्र रहनेगरी प्रधानमन्त्रीमा कायम राखे पार्टी तत्काल फुटबाट जोगिने उनको धारणा छ।
‘नेकपा विभाजन गर्ने उहाँको योजनालाई हामीले सफल हुन दिनुहुन्न, फुटबाट जोगाउनुपर्छ,’ गौतमले भने।
बैठकमा लामो समय बोलेका गौतम आफ्ना कुरा राखेपछि काम छ भन्दै बाहिरिएका थिए।
यसअघि उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद अन्त्य गर्न भन्दै अघि सारेको ६ बुँदे प्रस्तावलाई ओली पक्षहरुले तीव्र रुपमा प्रचार गरेका छन्।
पार्टी फुट्ने अवस्थामा आफू कुनै पनि पक्षमा सहभागी नहुने गौतमको भनाइ छ।
‘मैले अघि सारेका प्रस्तावलाई स्वीकार गरे पार्टी फुट्दैन, यदि फुटेको खण्डमा म अल्पमत/बहुमत भनेर बस्दिनँ,’ गौतमले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












