ओलीको पार्टी फुटाउने रणनिती असफल बनाउन ६ बुँदे प्रश्ताव ल्याएको हुँः उपाध्यक्ष गाैतम
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई फुटबाट जोगाउनको लागी मात्र आफूले ६ बुदे प्रस्ताव ल्याएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली आफैँ पार्टी फुटाउन लागिपरेकाले त्यसलाई असफल पार्न मात्रै प्रधानमन्त्री र अध्यक्षमा उनलाई निरन्तरता दिने प्रस्ताव आफूले ल्याएको बताएका हुन ।
पार्टीको विवाद उत्कर्षमा रहेका बेला गौतमले मंगलबार ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र पूरा कार्यकाल प्रधानमन्त्री चलाउन दिनुपर्नेसहितको ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा मंगलबार दिउँसो बसेको बैठकमा गौतमले ओली सरकार र पार्टी सञ्चालन गर्न पूर्ण असफल भएको बताए।
‘केपी ओली पार्टी चलाउने कुरामा पूर्ण रुपमा असफल हुनुभयो,’ गौतमको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार दिनेगरी उहाँलाई प्रधानमन्त्रीमा कायम राखौं, मैले यो कुरा ओलीलाई भेटेर पनि भनेको छु, बाहिर सार्वजनिक रुपमा पनि भनिसकेँ।’
गौतमले प्रधानमन्त्री ओली आफैँ पार्टी फुटाउन सक्रिय रहेकोले त्यसलाई रोक्न पनि दुवै पदबाट हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए।
ओलीलाई सेरेमोनियल अध्यक्षमात्र रहनेगरी प्रधानमन्त्रीमा कायम राखे पार्टी तत्काल फुटबाट जोगिने उनको धारणा छ।
‘नेकपा विभाजन गर्ने उहाँको योजनालाई हामीले सफल हुन दिनुहुन्न, फुटबाट जोगाउनुपर्छ,’ गौतमले भने।
बैठकमा लामो समय बोलेका गौतम आफ्ना कुरा राखेपछि काम छ भन्दै बाहिरिएका थिए।
यसअघि उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद अन्त्य गर्न भन्दै अघि सारेको ६ बुँदे प्रस्तावलाई ओली पक्षहरुले तीव्र रुपमा प्रचार गरेका छन्।
पार्टी फुट्ने अवस्थामा आफू कुनै पनि पक्षमा सहभागी नहुने गौतमको भनाइ छ।
‘मैले अघि सारेका प्रस्तावलाई स्वीकार गरे पार्टी फुट्दैन, यदि फुटेको खण्डमा म अल्पमत/बहुमत भनेर बस्दिनँ,’ गौतमले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












