कालिकोटमा पहिरोले दुई घर पुर्यो, ८ जना बेपत्ता
काठमाडौं । कालिकोटमा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बेपत्ता भएका छन्।
नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका छन। स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीका अनुसार गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएको बताए। बाढीको भल घरमा पसेपछि घर भत्किएको हो।
घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन। बुढाकी छोरी बिमला बुढा घाइते भएकी छन्। यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ।
बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन। घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बेपत्ता छन्। यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए।
यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छन्। यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए।
Comments
अरु समाचार
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...












