‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ प्रचण्ड–नेपाल पक्षको ‘बटमलाइन’
पार्टीभित्र चलेको बहस पद प्रतिष्ठाको नभई विधि, पद्दति र सिद्धान्त हो
काठमाडौं । दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नफुट्ने र सहि दिशा लिने भन्दै खुसी व्यक्त गरेका छन् ।
पार्टीभित्र पछिल्लो समय चर्कंदै गएको विवादमा कुन पक्ष सहि र कुन पक्ष गलत भएको कुरा सार्वजनिक रुपमा प्रष्ट भएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् । शुक्रबार बिहान खुमलटार पुगेका आफू निकटका केही नेताहरुसँग प्रचण्डले पूर्वमाओवादी भित्रका सबै तहका नेता कार्यकता आफ्नै वरिपरि रहेको जानकारी समेत गराएका छन् । एकताका बाँकी काम टुंग्याउने र अहिले उठेको बहसलाई पनि एक महिनाभित्र टुंगो लगाएर अघि बढ्ने दिशामा बढ्ने उनले बताए ।
नेकपा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका दर्जन बढी नेता कार्यकर्ताले प्रचण्डलाई छाडेकोे चर्चा चलिरहँदा अध्यक्ष दाहालले कोहीपनि आफूबाट टाढा नभएको बताएका हुन् । पार्टीभित्र अहिले चलेको बहस पद प्रतिष्ठाको नभई विधि, पद्दति र सिद्धान्तको भएको उनले बताए । साथै, लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने ?, संघीयता जोगाउने कि नजोगाउने ?, समावेशीताको सिद्धान्त पालना गर्ने वा नगर्ने ?, राष्ट्रियता कसरी मजबुद गर्ने ? र जनजिविकाका सवाल कसरी हल गर्ने भन्ने नै अहिलेको बहसको केन्द्रीय विषय रहेको उनले बताए ।
अघिल्लो निर्वाचनबाट झण्डै दुई तिहाईको मत ल्याएपनि वर्तमान सरकारले सो अनुकुल काम गर्न नसकेको, पार्टीले सरकार चलाउने कम्युनिष्ट सिद्धान्त त्यागेकाले नै अहिले पार्टीभित्र यो बहस सिर्जना भएको बताउँदै प्रचण्डले यसको समाधान प्रधानमन्त्री ओलीले कम्तिमा एउटा पद (पार्टी अध्यक्ष या प्रधानमन्त्री) छोडेपछिमात्र समाधान निस्कने उनले आफूनिकट नेताहरुलाई बताएका छन् ।
पार्टीले गरेको निर्णय, सिद्धान्त मान्दिँन भन्दै अधिकार कसैलाई नहुने बताउँदै प्रचण्डले अन्ततः प्रधानमन्त्री ओलीपनि पार्टीको विधि र अधिकारभित्र बस्न तयार हुनपर्ने बताएका छन् । उनले स्थायी कमिटीको बैठक छिट्टै बस्ने र त्यहाँभित्र उठेका विषयमा चाँडै सकारात्मक निर्णय हुने उनले नेताहरुलाई बताएका छन् । नेकपाको गत १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेको छ । पछिल्ला केही राजनीतिक घटनाक्रमले नयाँ मोड लिएसँगै प्रचण्ड केही संशकित भएका थिए ।
विशेषगरी नेकपाका उपाध्यक्ष समेत रहेका नेता बामदेव गौतम ओलीसँग नजिकिँदै गएको र कित्ता परिवर्तनको संकेत मिलेको जस्ता खबर आएसाग प्रचण्ड–नेपाल पक्ष आत्तिएको थियो । तर, गौतमले प्रचण्ड निकट केही नेताहरुलाई घरमै भेटघाट गरेर आफू ओलीविरुद्ध नलागेको प्रष्ट पारेका थिए । अधयक्ष दाहालसहितका नेताहरु पार्टी विधि चल्नपर्ने भन्दै व्यक्तिभन्दा पार्टी ठूलो हो भनिरहेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












