‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ प्रचण्ड–नेपाल पक्षको ‘बटमलाइन’
पार्टीभित्र चलेको बहस पद प्रतिष्ठाको नभई विधि, पद्दति र सिद्धान्त हो
काठमाडौं । दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नफुट्ने र सहि दिशा लिने भन्दै खुसी व्यक्त गरेका छन् ।
पार्टीभित्र पछिल्लो समय चर्कंदै गएको विवादमा कुन पक्ष सहि र कुन पक्ष गलत भएको कुरा सार्वजनिक रुपमा प्रष्ट भएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् । शुक्रबार बिहान खुमलटार पुगेका आफू निकटका केही नेताहरुसँग प्रचण्डले पूर्वमाओवादी भित्रका सबै तहका नेता कार्यकता आफ्नै वरिपरि रहेको जानकारी समेत गराएका छन् । एकताका बाँकी काम टुंग्याउने र अहिले उठेको बहसलाई पनि एक महिनाभित्र टुंगो लगाएर अघि बढ्ने दिशामा बढ्ने उनले बताए ।
नेकपा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका दर्जन बढी नेता कार्यकर्ताले प्रचण्डलाई छाडेकोे चर्चा चलिरहँदा अध्यक्ष दाहालले कोहीपनि आफूबाट टाढा नभएको बताएका हुन् । पार्टीभित्र अहिले चलेको बहस पद प्रतिष्ठाको नभई विधि, पद्दति र सिद्धान्तको भएको उनले बताए । साथै, लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने ?, संघीयता जोगाउने कि नजोगाउने ?, समावेशीताको सिद्धान्त पालना गर्ने वा नगर्ने ?, राष्ट्रियता कसरी मजबुद गर्ने ? र जनजिविकाका सवाल कसरी हल गर्ने भन्ने नै अहिलेको बहसको केन्द्रीय विषय रहेको उनले बताए ।
अघिल्लो निर्वाचनबाट झण्डै दुई तिहाईको मत ल्याएपनि वर्तमान सरकारले सो अनुकुल काम गर्न नसकेको, पार्टीले सरकार चलाउने कम्युनिष्ट सिद्धान्त त्यागेकाले नै अहिले पार्टीभित्र यो बहस सिर्जना भएको बताउँदै प्रचण्डले यसको समाधान प्रधानमन्त्री ओलीले कम्तिमा एउटा पद (पार्टी अध्यक्ष या प्रधानमन्त्री) छोडेपछिमात्र समाधान निस्कने उनले आफूनिकट नेताहरुलाई बताएका छन् ।
पार्टीले गरेको निर्णय, सिद्धान्त मान्दिँन भन्दै अधिकार कसैलाई नहुने बताउँदै प्रचण्डले अन्ततः प्रधानमन्त्री ओलीपनि पार्टीको विधि र अधिकारभित्र बस्न तयार हुनपर्ने बताएका छन् । उनले स्थायी कमिटीको बैठक छिट्टै बस्ने र त्यहाँभित्र उठेका विषयमा चाँडै सकारात्मक निर्णय हुने उनले नेताहरुलाई बताएका छन् । नेकपाको गत १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइरहेको छ । पछिल्ला केही राजनीतिक घटनाक्रमले नयाँ मोड लिएसँगै प्रचण्ड केही संशकित भएका थिए ।
विशेषगरी नेकपाका उपाध्यक्ष समेत रहेका नेता बामदेव गौतम ओलीसँग नजिकिँदै गएको र कित्ता परिवर्तनको संकेत मिलेको जस्ता खबर आएसाग प्रचण्ड–नेपाल पक्ष आत्तिएको थियो । तर, गौतमले प्रचण्ड निकट केही नेताहरुलाई घरमै भेटघाट गरेर आफू ओलीविरुद्ध नलागेको प्रष्ट पारेका थिए । अधयक्ष दाहालसहितका नेताहरु पार्टी विधि चल्नपर्ने भन्दै व्यक्तिभन्दा पार्टी ठूलो हो भनिरहेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












