लगानी बोर्डकाे सीईओमा सुशील भट्ट
काठमाडाैँ । मन्त्रिपरिषदको बैठकले योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
सोमबार बसेको बैठकले भट्टलाई बोर्डमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
बाेर्डकाे सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाकाे संयाेजकत्वमा बनेकाे समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाकाे नाम सिफारिस गरेकाे थियाे। तीन जनामा डा. सराेज काेइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए।
सीईओका लागि खुलाइएकाे आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सराेज काेइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जाेशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पाैडेल, लक्ष्मीविलास काेइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए।
१२ जनामध्ये ३ जनाकाे नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकाे थियाे। यसअघि पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली प्रमुख दाबेदार देखिए पनि उनी अन्तर्वार्तामा उपस्थित नै भएनन्।
त्यसपछि भट्ट नै बलियाे दाबेदार थिए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












