लगानी बोर्डकाे सीईओमा सुशील भट्ट
काठमाडाैँ । मन्त्रिपरिषदको बैठकले योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
सोमबार बसेको बैठकले भट्टलाई बोर्डमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्।
बाेर्डकाे सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाकाे संयाेजकत्वमा बनेकाे समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाकाे नाम सिफारिस गरेकाे थियाे। तीन जनामा डा. सराेज काेइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए।
सीईओका लागि खुलाइएकाे आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सराेज काेइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जाेशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पाैडेल, लक्ष्मीविलास काेइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए।
१२ जनामध्ये ३ जनाकाे नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकाे थियाे। यसअघि पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली प्रमुख दाबेदार देखिए पनि उनी अन्तर्वार्तामा उपस्थित नै भएनन्।
त्यसपछि भट्ट नै बलियाे दाबेदार थिए।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












