पार्टी विभाजनकाविरुद्ध उभिए नेकपाका ६१ सांसद
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्यहरूले पार्टी एकताको पक्षमा हस्ताक्षर संकलन गरेका छन्।
पार्टीको नेतृत्व तहमा देखापरेको अन्तरविरोधले पार्टी विभाजोन्मुख भएपछि पार्टी एकताको लागि दबाब दिन भन्दै ६१ जना सांसदले हस्ताक्षर संकलन गरेका हुन्।
“पार्टीभित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन हामी कतै विभक्त नभई एकताको पक्षमा उभिएका छौं र हस्ताक्षर गरी प्रतिवद्धता जनाउँदछौं।” विज्ञप्तीमार्फत भनेका छन्।
पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विभाजन हुने खतरा बढेर गएको सांसदहरूले संश्लेषण गरेका छन्। उनीहरूले त्यसप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन्।
‘पार्टीको आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य उद्देश्य, संगठनात्मक संरचनामाथि जारी स्थायी कमिटी बैठकमा बहस हुनुपर्ने हो”, सांसद सुरेशकुमार राईले भने, “तर, अन्य विषयमा केन्द्रीत भई शीर्ष नेतृत्व तहमा उत्पन्न अन्तरविरोध कुनै पनि अर्थमा उपयुक्त छैन र पार्टी विभाजनप्रति साथ र सहयोग हुन सक्दैन।”
उनले पार्टी एकीकरण प्रक्रिया पूरा गरी संगठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्ने बेला भएको पनि बताए।
यससँगै कोभिड-१९ ले अर्थतन्त्रमा पारेको गम्भीर नकारात्मक असरलाई न्यूनीकरण गर्ने कार्यक्रमलाई प्रथमिकता दिँदै प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कदम चाल्नुपर्ने पनि बताए।
अर्की सांसद रामकुमारी झाँक्रीले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावनाअनुसार देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थिरतालाई अझ सुदृढ गर्दै पार्टी एकताबद्ध बनाउन सामूहिक पहल गर्ने बताएकी छन्।
उनले पार्टीमा हुने र देखिने सबै रूपका अन्तरविरोधलाई पार्टीको विचार र सिद्धान्त निर्देशित पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी ढङ्गले समाधान खोज्न प्रतिवद्ध रहेको पनि बताइन्।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












