पार्टी विभाजनकाविरुद्ध उभिए नेकपाका ६१ सांसद
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्यहरूले पार्टी एकताको पक्षमा हस्ताक्षर संकलन गरेका छन्।
पार्टीको नेतृत्व तहमा देखापरेको अन्तरविरोधले पार्टी विभाजोन्मुख भएपछि पार्टी एकताको लागि दबाब दिन भन्दै ६१ जना सांसदले हस्ताक्षर संकलन गरेका हुन्।
“पार्टीभित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन हामी कतै विभक्त नभई एकताको पक्षमा उभिएका छौं र हस्ताक्षर गरी प्रतिवद्धता जनाउँदछौं।” विज्ञप्तीमार्फत भनेका छन्।
पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विभाजन हुने खतरा बढेर गएको सांसदहरूले संश्लेषण गरेका छन्। उनीहरूले त्यसप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन्।
‘पार्टीको आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य उद्देश्य, संगठनात्मक संरचनामाथि जारी स्थायी कमिटी बैठकमा बहस हुनुपर्ने हो”, सांसद सुरेशकुमार राईले भने, “तर, अन्य विषयमा केन्द्रीत भई शीर्ष नेतृत्व तहमा उत्पन्न अन्तरविरोध कुनै पनि अर्थमा उपयुक्त छैन र पार्टी विभाजनप्रति साथ र सहयोग हुन सक्दैन।”
उनले पार्टी एकीकरण प्रक्रिया पूरा गरी संगठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्ने बेला भएको पनि बताए।
यससँगै कोभिड-१९ ले अर्थतन्त्रमा पारेको गम्भीर नकारात्मक असरलाई न्यूनीकरण गर्ने कार्यक्रमलाई प्रथमिकता दिँदै प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कदम चाल्नुपर्ने पनि बताए।
अर्की सांसद रामकुमारी झाँक्रीले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावनाअनुसार देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थिरतालाई अझ सुदृढ गर्दै पार्टी एकताबद्ध बनाउन सामूहिक पहल गर्ने बताएकी छन्।
उनले पार्टीमा हुने र देखिने सबै रूपका अन्तरविरोधलाई पार्टीको विचार र सिद्धान्त निर्देशित पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी ढङ्गले समाधान खोज्न प्रतिवद्ध रहेको पनि बताइन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












