‘मन्त्रिमण्डल पुनर्गगठन र मुख्यमन्त्री हेरफेर पार्टीको एजेन्डामा छैन’
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठनबारे आज बसेको सचिवालय बैठकमा कुनै कुरा नभएको बताएका छन्।
बालुवाटारमा भएको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन र प्रदेशका मुख्यमन्त्री हेरफेरको विषय पार्टीको कार्यसूचीमै नभएको बताएका हुन्। ‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्रै अन्य विषयमा छलफल हुन्छ।
पहिला वैचारिक र नीतिगत सहमति गरेर त्यस अन्तर्गतका विषयमा निष्कर्ष निकाल्छौँ। हाम्रो पार्टीमा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री फेरबदलका विषय अहिले छलफलमा छैनन्।’ प्रवक्ता श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने पनि जानकारी दिएका छन्।
‘प्रधानमन्त्रीले भन्नुभएजस्तै समयमै पहलकदमी भएको छ, काम अगाडि बढेको छ’, उनले भने, ‘त्यसप्रति सन्तोष मान्नुपर्ने हुन्छ। केही दिनभित्रै निकास निस्किनेमा हामी विश्वस्त छौं।’ पार्टीभित्रको विवाद मिलाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन तयारी गरिरहेका छन्। उनले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूहका केही नेतालाई मन्त्री बनाउन पनि छलफल गर्दैछन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












