‘मन्त्रिमण्डल पुनर्गगठन र मुख्यमन्त्री हेरफेर पार्टीको एजेन्डामा छैन’
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठनबारे आज बसेको सचिवालय बैठकमा कुनै कुरा नभएको बताएका छन्।
बालुवाटारमा भएको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन र प्रदेशका मुख्यमन्त्री हेरफेरको विषय पार्टीको कार्यसूचीमै नभएको बताएका हुन्। ‘तपाईंहरूले भन्नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्रै अन्य विषयमा छलफल हुन्छ।
पहिला वैचारिक र नीतिगत सहमति गरेर त्यस अन्तर्गतका विषयमा निष्कर्ष निकाल्छौँ। हाम्रो पार्टीमा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री फेरबदलका विषय अहिले छलफलमा छैनन्।’ प्रवक्ता श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने पनि जानकारी दिएका छन्।
‘प्रधानमन्त्रीले भन्नुभएजस्तै समयमै पहलकदमी भएको छ, काम अगाडि बढेको छ’, उनले भने, ‘त्यसप्रति सन्तोष मान्नुपर्ने हुन्छ। केही दिनभित्रै निकास निस्किनेमा हामी विश्वस्त छौं।’ पार्टीभित्रको विवाद मिलाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन तयारी गरिरहेका छन्। उनले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूहका केही नेतालाई मन्त्री बनाउन पनि छलफल गर्दैछन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












