बाढी प्रभावित क्षेत्रको अनुगमनमा गृहमन्त्री बादल पुगे बाजुरा
काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा पहिरो र बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा पुगेका छन्।
विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित विपद् प्रभावित क्षेत्रको निरीक्षणका लागि मन्त्री थापा बाजुरा पुगेका हुन्।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले ताप्रेसेरा, घांघर, सिम र तिलिचौरमा निरीक्षण र प्रभावितहरूसँग भेटघाटको कार्यक्रम रहेको बताए।
बाजुरामा पहिरोमा परी यसै वर्ष दुई जनाको मृत्यु भएको छ भने साँफे-मार्तडी सडक डेढ महिनादेखि अवरूद्ध छ। पहिरोले ७० बढी परिवार विस्थापित भएका छन् भने १६ घरमा आंशिक क्षति भएको छ।
त्यहाँका गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका विभिन्न वडाका बस्तीमा बढी क्षति भएको छ।
आज मन्त्री थापाले केही प्रभावितलाई राहत वितरण गरे। थप प्रभावितलाई सरकारले राहत दिने मन्त्री थापाले आश्वासन दिएका छन्।
उनले जिल्लास्थित सुरक्षा निकायलाई मद्दत र उद्धारमा खटिन निर्देशन दिए।
यस्तै, प्रदेश र स्थानीय तहलाई पनि प्राकृतिक विपद्का बेला नागरिकका समस्या तत्काल समाधान हुने गरी सक्रिय रहन आग्रह गरे।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












