प्रधानमन्त्रीलाई गगनको पत्र : प्रधानमन्त्रीज्यू तपाईं कमान्डर हो, जनताको जीवनरक्षा गर्नुहोस्
काठमाडाैँ । काठमाडाैँ उपत्यका लगाएतका ठाँउमा कोरोनाको संक्रमणको दर तिब्र गतिमा बढीरहेको बेला नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात सुझाव दिएका छन ।
पछिल्लो समय कोरोना व्यापक रुपमा फैलिन थालेका भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमनत्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै नेता थापाले देशैभर एउटै निर्णय र एकैखाले रणनीतिले काम नगर्ने भन्दै छुट्टाछुट्टै रणनीति बनाउन आग्रह गरेका छन्।
उनले कोरोना तीव्र रुपमा फैलिइरहेका काठमाडौँ, वीरगन्ज लगायतका प्रमुख सहरमा स्वास्थ्य आपतकाल घोषणा गरेर प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र बनाउन आग्रह सेमत गरेका छन्।
‘संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौँ लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुहोस्’, थापाले लेखेका छन्, ‘जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र वनाउनुपर्छ भने तत्काल बनाउनुहोस्।’
उनले आवागमनलाई पूर्ण रूपमा बन्द गर्न, अत्यावश्यक सेवा वाहेक सबै रोक्न र तोकिएका सीमानाका व्यवस्थित गरी अन्य सीमानाका बन्द गर्न समेत आग्रह गरेका छन्।
उनले अवको दुई हप्ता जोखिमको खतार अझै रहेको भन्दै सम्भावित जोखिमलाई अँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गर्न आग्रह गरेका छन्।
‘यो दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस्। सम्भाव्य जोखिमको आकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस्’, गगनले लेखेका छन्।
यस्ता छन् थापाका सुझाव
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












