प्रधानमन्त्रीलाई गगनको पत्र : प्रधानमन्त्रीज्यू तपाईं कमान्डर हो, जनताको जीवनरक्षा गर्नुहोस्
काठमाडाैँ । काठमाडाैँ उपत्यका लगाएतका ठाँउमा कोरोनाको संक्रमणको दर तिब्र गतिमा बढीरहेको बेला नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात सुझाव दिएका छन ।
पछिल्लो समय कोरोना व्यापक रुपमा फैलिन थालेका भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमनत्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै नेता थापाले देशैभर एउटै निर्णय र एकैखाले रणनीतिले काम नगर्ने भन्दै छुट्टाछुट्टै रणनीति बनाउन आग्रह गरेका छन्।
उनले कोरोना तीव्र रुपमा फैलिइरहेका काठमाडौँ, वीरगन्ज लगायतका प्रमुख सहरमा स्वास्थ्य आपतकाल घोषणा गरेर प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र बनाउन आग्रह सेमत गरेका छन्।
‘संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौँ लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुहोस्’, थापाले लेखेका छन्, ‘जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र वनाउनुपर्छ भने तत्काल बनाउनुहोस्।’
उनले आवागमनलाई पूर्ण रूपमा बन्द गर्न, अत्यावश्यक सेवा वाहेक सबै रोक्न र तोकिएका सीमानाका व्यवस्थित गरी अन्य सीमानाका बन्द गर्न समेत आग्रह गरेका छन्।
उनले अवको दुई हप्ता जोखिमको खतार अझै रहेको भन्दै सम्भावित जोखिमलाई अँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गर्न आग्रह गरेका छन्।
‘यो दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस्। सम्भाव्य जोखिमको आकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस्’, गगनले लेखेका छन्।
यस्ता छन् थापाका सुझाव
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












