ओली–प्रचण्डबीच पुनः ‘ठाकठुक’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः ठाकठुक परेको छ ।
कार्यदलले पार्टीभित्र उत्पन्न गतिरोध चिर्न निकास खोजिरहेका बेला प्रधानमन्त्री ओलीले एकलौटी नियुक्ति गरेको भन्दै प्रचण्डले प्रश्न उठाएको नेकपाका एक नेताले जानकारी दिए ।
महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल लगातार बैठक बसेर काम गरिरहेको छ । कार्यदल काम सकेपछि मात्रै दुई अध्यक्ष बसेर प्रस्ताव तयार पार्ने समझदारी भएको थियो । र, प्रधानमन्त्रीले पार्टीलाई नसोधी कुनै पनि निर्णय नलिने समझदारी समेत भएको थियो ।
त्यसविपरीत ओली एकलौटी अघि बढेको र पार्टीलाई नसोधी नियुक्ति, सिफारिस प्रक्रिया अघि बढाएको भन्दै प्रचण्ड क्षुब्ध बनेको एक नेताको दाबी छ ।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डको भेटवार्ता भएको थियो । “भेटमा अध्यक्ष प्रचण्डले हामी पार्टीभित्रको विवाद अन्त्यको उपाय खोजिरहेका छौं । कार्यदलले काम गरिरहेको छ । तर, तपार्ईं मन्त्रिपरिषद् बैठक राखेर धमाधम नियुक्ति गरिरहनुभएको छ । यसले राम्रो सन्देश जाँदैन । सहमतिको वातावरण पनि बन्दैन । जे निर्णय गर्ने हो, पार्टी कमिटीमा छलफल गरेर गरौं । अन्यथा सहमति खोज्ने कुराको कुनै अर्थ छैन भनेर भन्नुभएको छ । कार्यदलले सहमतिको खाका बनाइरहेका बेला यस्तो महत्त्वपूर्ण नियुक्ति गर्नु विधि, पद्धति विपरीत कुरा हो,” पूर्वमाओवादी केन्द्र समूहका एक नेता भन्छन् ।
भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै प्रेस काउन्सिल नेपालमा सदस्य नियुक्त भएकी दुर्गा भण्डारी (पौडेल)लाई कार्यवाहक अध्यक्ष दिने निर्णय गरेको थियो ।
किशोर श्रेष्ठलाई पदमुक्त गर्दै भण्डारीलाई कार्यवाहक दिइएकोमा पार्टीभित्र असन्तुष्टि बढेको छ नै । सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । भदौ १ गतेकै मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा देवराज रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यही दिनको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवामा रहेका सहसचिव गेहेन्द्र राजभण्डारी बेल्जियम र युरोपियन युनियनको राजदूत सिफारिस गरको छ । परराष्ट्र सेवामै रहेका तपस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको सार्वजनिक गरिएको छ ।
त्यसका अतिरिक्त थुप्रै नियुक्तिका निर्णय गरेर बाहिर नल्याइएको पूर्वमाओवादी केन्द्रका नेताहरू बताउँछन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












